ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ४ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी विद्रोहको जगमा बनेको सरकारले युवाका अपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले जेनजी आन्दोलनपछि भएको निर्वाचनमा युवासहितका मतदाताले परिवर्तनको चाहना मतमार्फत व्यक्त गरेको उल्लेख गरे। तर, जेनजीले माग गरेको रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने वातावरण अझै बन्न नसकेको उनको भनाइ छ।

उनले सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि विदेशिएका युवालाई स्वदेश फर्काउने ठोस योजना कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएका छन्। चुनावअघि सरकार गठन भएको १०० दिनभित्र विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्काउन पहल गर्ने घोषणा गरिएको स्मरण गराउँदै उनले त्यसको कार्यान्वयन हुन नसकेको बताए।

सरकारका गतिविधिका कारण युवाहरू पुनः निराशातर्फ फर्किन थालेको आङ्देम्बेको दाबी छ। उनले स्वदेशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहको घटनालाई त्यसको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

आङ्देम्बेले युवालाई केवल मतदान गर्ने समूहका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताए।

विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति आवश्यक रहेको उनको भनाइ छ।

उनले तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राखेर रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu