ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइतीघरमा लघुवित्त पीडितद्वारा आत्मदाहको प्रयास, प्रहरीले गर्‍यो हस्तक्षेप


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ४ : २५   बजे

 

काठमाडौँ । लघुवित्त संस्थाबाट ऋण लिएका पीडितहरूले आज दिउँसो काठमाडौँको माइतीघरस्थित तिहार चोकमा आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई नियन्त्रणमा लिएको छ।

लघुवित्त संस्थाबाट लिएको ऋणको चर्को ब्याज, समयमै किस्ता तथा ऋण तिर्न नसक्दा हुने दबाब र हैरानीलगायतका समस्या समाधान नभएको भन्दै पीडितहरूले प्रदर्शन गरेका हुन्।

पीडितहरूले सरकारले आफूहरूको समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा केहीले आत्मदाहको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ।

लघुवित्त पीडितहरूले सरकारसँग तत्काल हस्तक्षेप गरी आफूहरूको समस्या समाधान गर्न माग गरेका छन्। उनीहरूले चर्को ब्याजदर घटाउन, ऋण तथा बक्यौताको व्यवस्थापन गर्न र लघुवित्त संस्थाको प्रभावकारी नियमन गर्न माग गरेका छन्।

पीडितका अनुसार विभिन्न लघुवित्त संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न नसक्दा उनीहरू थप आर्थिक समस्यामा परेका छन्।

आत्मदाहको प्रयासपछि प्रहरीको हस्तक्षेप

माइतीघरमा प्रदर्शन भइरहेका बेला केही व्यक्तिले आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनापछि सम्बन्धित व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गरिएको जनाएको छ।

उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

लघुवित्तबाट ऋण लिएका सर्वसाधारणले ऋणको ब्याज, किस्ता भुक्तानी, असुलीका क्रममा हुने दबाब तथा आर्थिक संकटलगायतका समस्या लामो समयदेखि उठाउँदै आएका छन्।

पीडितहरूले आफूहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले लघुवित्त संस्थाको ऋण, ब्याजदर र असुली प्रक्रियाका विषयमा स्पष्ट नीति ल्याउनुपर्ने माग गर्दै आएका छन्।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Dozens Missing After Boat Capsizes on Zimbabwe’s Lake Kariba

गाँजा खरिदको पैसामा विवाद हुँदा वृद्धाको हत्या, आरोपी पक्राउ

विश्वासको मतका लागि प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री शाहको पत्र

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu