ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ५ : ४५   बजे

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश सरकारबाट बाहिरिएको छ। कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएसँगै प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरणको सम्भावना बढेको छ।

मुख्यमन्त्री कार्कीले बोलाएको मन्त्रिपरिषद् बैठकपछि कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। मुख्यमन्त्री कार्कीले उनीहरूको राजीनामा स्वीकृत गरेका छन्।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ छन्।

एमाले–कांग्रेस सहमतिबाट बनेको थियो सरकार

२०८१ भदौ २८ गते भएको एमाले र कांग्रेसबीचको सहमतिअनुसार कोसी प्रदेशमा वर्तमान सरकार गठन भएको थियो।

त्यसपछि २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि कांग्रेसबाटै मन्त्रीहरू सहभागी भएका थिए।

तर पछिल्लो समय केन्द्रमा विकसित सत्ता समीकरणको प्रभाव प्रदेशमा समेत परेपछि कांग्रेस सरकारबाट बाहिरिएको हो।

एमाले–नेकपाबीच नयाँ सरकार गठनको तयारी

स्रोतका अनुसार नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच कोसी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा सहमति भइसकेको छ।

सोही सहमतिअनुसार कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको बताइएको छ।

एमाले र नेकपाले शुक्रबारसम्म नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिरहेको स्रोतको भनाइ छ।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कोसी प्रदेश सरकारको सत्ता समीकरण औपचारिक रूपमा परिवर्तन हुने बाटो खुलेको छ। अब एमाले र नेकपाबीच भएको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढ्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Dozens Missing After Boat Capsizes on Zimbabwe’s Lake Kariba

गाँजा खरिदको पैसामा विवाद हुँदा वृद्धाको हत्या, आरोपी पक्राउ

विश्वासको मतका लागि प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री शाहको पत्र

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

Putin Threatens Reciprocal Vessel Seizures if Europe Targets Russian Cargo

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu