ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ८ : ३५   बजे

काठमाडौं । सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढालगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले विधानको १९औँ संशोधनलाई हाललाई यथास्थितिमा राख्न आदेश दिएको हो।

सर्वोच्चले तदर्थ समितिले विधान संशोधन गर्ने अधिकार राखेको नदेखिएको भन्दै उक्त निर्णय प्रथम दृष्टिमै अधिकारक्षेत्रविहीन र विधानविपरीत देखिएको जनाएको छ।

विधान संशोधनको अधिकार केन्द्रीय सभालाई

सर्वोच्चको आदेशमा नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० को दफा ५८ को व्यवस्था उल्लेख गर्दै विधान संशोधन गर्ने अधिकार केन्द्रीय सभालाई मात्र रहेको व्याख्या गरिएको छ।

विधानअनुसार संशोधनका लागि कुल सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत आवश्यक पर्ने अदालतले उल्लेख गरेको छ।

तर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तदर्थ समितिलाई दिएको कार्यादेश तथा कार्यक्षेत्रगत शर्त (TOR) मा विधान संशोधन गर्ने अधिकार प्रदान गरिएको नदेखिएको सर्वोच्चको ठहर छ।

यस आधारमा तदर्थ समितिले गरेको विधान संशोधनको वैधानिकतामाथि अदालतले गम्भीर प्रश्न उठाएको हो।

‘आवश्यकताको सिद्धान्त’को आधार

तदर्थ समितिले ‘आवश्यकताको सिद्धान्त’ (Doctrine of Necessity) लाई आधार बनाउँदै २०८३ वैशाख ४ गते विधान संशोधन गर्ने निर्णय गरेको थियो।

तर, सर्वोच्चले प्रारम्भिक सुनुवाइमै उक्त निर्णयलाई प्रथम दृष्टिमा ‘अधिकारक्षेत्रविहीन एवम् विधानविपरीत’ देखिएको ठहर गरेको छ।

अर्थात्, विशेष परिस्थिति वा आवश्यकता देखाउँदै तदर्थ समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर विधान संशोधन गर्न मिल्ने वा नमिल्ने विषयमा अदालतले संशोधनको वैधानिकतामाथि प्रश्न उठाएको हो।

अन्तिम फैसला नआएसम्म संशोधन रोकियो

सर्वोच्चले रिटको अन्तिम टुङ्गो नलागेसम्म संशोधित विधान कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ।

त्यसैगरी अदालतले विपक्षीहरूलाई कारण देखाऊ आदेश समेत जारी गरेको छ। अब सम्बन्धित पक्षले विधान संशोधन गर्ने अधिकार तदर्थ समितिसँग कसरी आयो भन्ने लगायतका विषयमा अदालतसमक्ष जवाफ दिनुपर्नेछ।

यस आदेशसँगै नेपाल रेडक्रस सोसाइटीको विधानको १९औँ संशोधन तत्काल कार्यान्वयनमा जाने बाटो रोकिएको छ। यद्यपि, अन्तिम फैसला नआएसम्म संशोधनको वैधानिकताबारे अन्तिम निष्कर्ष भने निस्किएको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s National Assembly to Consider Air Carrier Liability Bill

Landslide Kills Two, Injures Others in Rolpa District

Nepal Boosts Power Infrastructure in Madhes Province to Meet Rising Demand

भेरीमा खसेको जिपसहित दुई जना अझै बेपत्ता, खोजी पुनः सुरु

मौसम खुलेसँगै मनाङ भ्याली र गङ्गापूर्ण तालको मनमोहक दृश्य

Pentagon Review Finds US Strikes in Yemen Killed 153 Civilians in 2025

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu