ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरीमा खसेको जिपसहित दुई जना अझै बेपत्ता, खोजी पुनः सुरु


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ८ : ५५   बजे

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डबाट भेरी नदीमा खसेको बोलेरो जिपसहित बेपत्ता दुई जनाको खोजी बिहीबार बिहानदेखि पुनः सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधबार दिउँसो नदीमा खसेको लु.१ ज ३०२२ नम्बरको बोलेरो जिपमा सवार दुई जना र जिपको अवस्था अझै अज्ञात छ।

बेपत्ता हुनेमा जिपधनी खलबहादुर रानाका छोरा सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षीय भीमबहादुर राना र चालक कुमाख गाउँपालिका–५ का ४३ वर्षीय हेमराज बुढाथोकी रहेका छन्।

चारमध्ये दुई जना पौडिएर निस्किए

प्रहरीका अनुसार जिप बुधबार दिउँसो करिब २ बजे बालुवासंग्राहीबाट सल्लीबजारतर्फ जाँदै गर्दा सडकबाट अनियन्त्रित भई भेरी नदीमा खसेको थियो।

जिपमा चार जना सवार थिए। दुर्घटनापछि दुई जना पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए। उनीहरू वनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी हुन्।

दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि लगिएको थियो। उपचारपछि दुवै जना बुधबार नै डिस्चार्ज भएका प्रहरीले जनाएको छ।

अँध्यारो भएपछि रोकिएको थियो खोजी

भेरी नदीको तीव्र बहाव र गहिराइका कारण बेपत्ताको खोजी चुनौतीपूर्ण बनेको छ। साँझ परेपछि अँध्यारो भएकाले बुधबार साँझ खोजी अभियान स्थगित गरिएको थियो।

बिहीबार बिहान उज्यालो भएपछि डुङ्गा र गोताखोर टोली परिचालन गरी नदीभित्र तथा आसपासका क्षेत्रमा खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो।

प्रहरी, गोताखोर तथा स्थानीयको सहयोगमा जिप र बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको छ। घटना र खोजी अभियानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाको थबाङमा पहिरो: मृत्यु हुने ३, बेपत्ता ९ जना

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रिया अघि बढाउँदै निर्वाचन आयोग

सम्बन्धित

कर्णाली प्रदेशसभा बैठक स्थगित, भदौ २ गते बस्ने

कर्णाली करिडोर : विकासको बाटो कि यात्रुको सास्ती र जोखिम?

कर्णालीमा पर्यटन व्यवसायप्रति बढ्दो आकर्षण, ट्राभल एजेन्सी र रिभर गाइड थपिँदै

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

जुम्लामा ग्यासको हाहाकार, एउटा सिलिन्डरका लागि घण्टौँ लाइन

काँडाले रोक्दैन अब टिमुरको व्यावसायिक यात्रा : किसानका लागि बन्यो ‘टिमुर टिप्ने औजार’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu