ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँडाले रोक्दैन अब टिमुरको व्यावसायिक यात्रा : किसानका लागि बन्यो ‘टिमुर टिप्ने औजार’


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ९ : ३५   बजे

सल्यान । पहाडी जिल्लाका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको टिमुर खेतीमा वर्षौंदेखि रहेको एउटा प्रमुख समस्या अब समाधान हुने अपेक्षा गरिएको छ। टिमुरको बोटमा हुने तिखा काँडाका कारण संकलनमा कठिनाइ र उच्च श्रम लागत व्यहोर्दै आएका किसानलाई लक्षित गरी टिमुर टिप्ने नयाँ कृषि औजारको नमुना विकास गरिएको छ।

वनस्पति अनुसन्धान केन्द्र सल्यानले राष्ट्रिय आविष्कार केन्द्रअन्तर्गतको कृषि औजार कारखाना वीरगञ्जसँगको सहकार्यमा टिमुर संकलनलाई सहज बनाउने उपकरणको नमुना तयार गरेको हो।

केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डा. मित्र पाठकका अनुसार टिमुरको दाना संकलनमै किसानको आम्दानीको करिब आधा हिस्सा खर्च हुने अवस्था रहेकाले श्रम र लागत घटाउने उद्देश्यले नयाँ प्रविधिको विकास गरिएको हो।

“हामीले दिएको डिजाइनअनुसार कम्पनीले उपकरण बनाएको छ। यसको प्रयोगले श्रमको आवश्यकता घट्ने र छोटो समयमा धेरै टिमुर संकलन गर्न सकिने आँकलन गरिएको छ,” डा. पाठकले भन्नुभयो।

टिमुरको बोटमा तिखा काँडा हुने भएकाले हातले दाना टिप्दा किसानले शारीरिक जोखिमसमेत मोल्नुपर्छ। हातले टिप्दा समय धेरै लाग्ने मात्र होइन, काँडाले चोट लाग्ने समस्या पनि हुन्छ।

त्यसैगरी हाँगा भाँचेर टिमुर संकलन गर्दा फलमा क्षति पुग्ने र अर्को वर्षको उत्पादनमा समेत असर पर्ने जोखिम रहन्छ।

नयाँ उपकरणले काँडाबाट बचाउँदै टिमुरका दाना वा साना झुप्पा सुरक्षित रूपमा छुट्याउन सहयोग गर्ने केन्द्रले जनाएको छ।

यसले एकातिर किसानको शारीरिक श्रम र जोखिम घटाउनेछ भने अर्कोतर्फ कम समयमा धेरै टिमुर संकलन गर्न सकिने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअनुसार हाल केही थान उपकरणको नमुना मात्रै तयार गरिएको छ।

केन्द्रका अनुसार उपकरण प्रभावकारी देखिएमा समूह वा किसानको मागका आधारमा कम्पनीको लागत मूल्यमा उपलब्ध गराउन समन्वय गरिनेछ।

“यो प्रविधि सफल भयो भने ठूलो परिमाणमा उपकरण उत्पादन हुन्छ,” डा. पाठकले भन्नुभयो।

यसका लागि उपकरणको व्यावहारिक प्रयोग र प्रभावकारिता परीक्षणलाई महत्वपूर्ण मानिएको छ।

सल्यानमा ५० करोडको टिमुर कारोबार

सल्यानमा टिमुरलाई प्रमुख व्यावसायिक जडीबुटीका रूपमा खेती गरिँदै आएको छ। जिल्लाबाट मात्रै वार्षिक करिब ५० करोड रुपैयाँ बराबरको टिमुर निकासी हुँदै आएको बताइन्छ।

नेपालमा समुद्री सतहबाट करिब ८०० देखि २,५०० मिटर उचाइसम्म टिमुर खेती हुने गरेको छ।

सल्यानबाहेक सुर्खेत, रुकुम, जाजरकोट, दैलेख, रोल्पा, गुल्मी, बागलुङ, पाल्पा, म्याग्दी, स्याङ्जा र पर्वतलगायत पहाडी जिल्लामा पनि टिमुर उत्पादन हुँदै आएको छ।

टिमुरको बजार माग र मूल्य राम्रो भए पनि संकलनमै ठूलो श्रम र लागत लाग्दा किसानले अपेक्षित लाभ लिन नसक्ने अवस्था छ। यही समस्यालाई ध्यानमा राखेर अनुसन्धान केन्द्रले किसानको दैनिक व्यावहारिक समस्यामा आधारित प्रविधि विकासलाई प्राथमिकता दिएको जनाएको छ।

नयाँ औजार सफल भएर व्यापक रूपमा प्रयोगमा आउन सके टिमुर संकलनमा लाग्ने श्रम लागत घट्नुका साथै उत्पादनको गुणस्तर जोगाउन र किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

टिमुरजस्ता उच्च मूल्यका जडीबुटीलाई व्यावसायिक कृषिसँग जोड्दै लैजाँदा पहाडी जिल्लामा रोजगारी र स्थानीय आम्दानीको स्रोत विस्तार गर्नसमेत यो प्रविधिले सहयोग पुर्‍याउन सक्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

सम्बन्धित

नुवाकोटमा ‘घ्याङस्वारा अग्र्यानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार

जङ्गली जनावरको आतङ्क : किसानको बाली मात्रै होइन, नेपालको खाद्य सुरक्षामाथि पनि बढ्दो संकट

सडकछेउका जग्गामा २५ प्रतिशतसम्म ‘विकास कर’ प्रस्ताव, सडकसम्बन्धी नयाँ विधेयकमा कडा व्यवस्था

स्थानीय कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तयारी, लेखनाथमा किसान र सरोकारवालाबीच छलफल

गण्डकीमा ९९.३९ प्रतिशत धान रोपाइँ सम्पन्न, खेतीयोग्य जमिन भने वर्षेनि घट्दो

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu