ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १ : १५   बजे

खोटाङ  । खोटाङमा करोडौँ रुपैयाँ लागतमा सुरु गरिएको लोकतान्त्रिक सिँचाइ योजना करिब सात वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ सालमा ठेक्का सम्झौता गरिएको योजना अझै पूरा हुन सकेको छैन ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, वडा नं. ५ सप्तेश्वर र छितापोखरीलगायतका खेतमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सुरु गरिएको योजना निर्माण कम्पनीको ढिलासुस्तीका कारण प्रभावित भएको हो । वडा नं. ६ छितापोखरी अखटेस्थित टुवाखेलाबाट बतासेसम्म सिँचाइ पाइपलाइन निर्माण गर्ने योजना भए पनि समयमै काम सम्पन्न नहुँदा स्थानीय किसान सिँचाइ सुविधाबाट वञ्चित छन् ।

योजना लामो समयदेखि अलपत्र परेपछि बतासेका खेतमा यस वर्ष पनि पर्याप्त सिँचाइ सुविधा नपुग्ने अवस्था देखिएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका स्थानीयवासी पर्याप्त वर्षा नहुँदा खेत बाँझै रहने चिन्तामा छन् ।

स्थानीय हरि थापाका अनुसार वर्षा कम हुनुका साथै काभ्रे र खनमने खोल्सामा पानीको मुहान नफुट्दा करिब ३० प्रतिशत खेतमा अझै रोपाइँ हुन सकेको छैन ।

७ करोड ७२ लाखको योजना

कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले कोशी प्रदेश सरकारको ७ करोड ७२ लाख रुपैयाँ लागतमा योजना अघि बढाइएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, खोटाङमार्फत सञ्चालित योजनाको ठेक्का स्काई–विवश–रामसागर जेभीले पाएको थियो ।

२०७६ साल साउनमा ठेक्का सम्झौता भएको योजनाको सोही वर्ष मंसिर ७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाका तत्कालीन अध्यक्ष भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो । सम्झौताअनुसार दुई वर्षभित्र योजना सम्पन्न हुनुपर्ने थियो ।

तर, निर्धारित समयमा काम पूरा नभएपछि निर्माण कम्पनीलाई पटकपटक म्याद थप गरिएको छ ।

पुनः म्याद थप्ने तयारी

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, खोटाङका प्रमुख डा. महेश यादवका अनुसार पछिल्लो पटक २०८२ फागुन ३० गतेसम्मका लागि योजनाको म्याद थप गरिएको थियो । समयमै काम सम्पन्न नभएपछि निर्माण कम्पनीमाथि कारबाही गर्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको थियो ।

तर, सार्वजनिक खरिद ऐनको पन्ध्रौँ संशोधनपछि निर्माण कम्पनीले थप एक वर्ष म्याद पाउने व्यवस्था भएपछि पुनः म्याद थप्ने प्रक्रिया अघि बढेको यादवले बताउनुभयो ।

निर्माण कम्पनीले आवश्यक कागजातसहित निवेदन दिएपछि मन्त्रालयमार्फत म्याद थपको प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि कोशी प्रदेश सरकारले योजनामा एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हालसम्म योजनाको भौतिक प्रगति करिब ६८ प्रतिशत रहेको र पाइप खरिदको काम धेरै भइसकेको डिभिजन प्रमुख यादवले जानकारी दिनुभयो ।

तर, संरचना निर्माणको काम उल्लेख्य भए पनि अझै पानी सञ्चालन हुने अवस्था नरहेको उहाँले बताउनुभयो ।

पाइपलाइन निर्माणमै विवाद

स्थानीयवासीले योजनाको निर्माण गुणस्तर र कार्यान्वयन प्रक्रियामाथि समेत प्रश्न उठाउँदै आएका छन् । जमिनमुनि पुरेर पाइप बिछ्याउनुपर्नेमा कतिपय स्थानमा पाइप जमिन बाहिरै राखिएको तथा पानी सञ्चालन गर्न नसकिने गरी पाइपलाइन निर्माण गरिएको स्थानीयको आरोप छ ।

योजनाको विषयमा स्थानीय नागरिक, सरकारी कार्यालय, निर्माण कम्पनी तथा सम्बन्धित निकायबीच पटकपटक छलफलसमेत भएको थियो । तर, लामो समय बितिसक्दा पनि समस्या समाधान हुन सकेको छैन ।

करिब १३ किलोमिटर लामो योजनाअन्तर्गत पाइप जडानसँगै आरसीसी, पीसीसी, ग्याबियन पर्खाल, मेसिनरी पर्खाललगायतका संरचना निर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।

करोडौँ रुपैयाँ खर्च भइसकेको योजनाले अझै किसानको खेतमा पानी पुर्‍याउन नसक्दा स्थानीयमा निराशा बढेको छ । समयमै योजना सम्पन्न गरी सिँचाइ सुविधा सञ्चालनमा ल्याउन स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरो हटाएपछि रुकुम–बागलुङ सडकखण्ड सञ्चालनमा

प्रेस काउन्सिलद्वारा किशोर श्रेष्ठ पक्राउ र सञ्चार सामग्री जफतप्रति आपत्ति

सम्बन्धित

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

ओखलढुङ्गामा ९९.८१ प्रतिशत धान रोपाइँ सम्पन्न

दाङमा ९५ प्रतिशत धान रोपाइँ सकियो, सिँचाइ अभावमा केही खेत अझै बाँझै

मोबाइल एप बने किसानका ‘डिजिटल सल्लाहकार’, खेतीदेखि बजारसम्म सूचना हातमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu