ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ३५   बजे

काठमाडौं । फ्रान्स, बेलायत र क्यानाडासहित ३० भन्दा बढी देशले इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको भन्दै कडा निन्दा गरेका छन् ।

ती देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इरानी सरकारले असहमतिका आवाज दबाउन र जनतामा डर पैदा गर्न मृत्युदण्डको प्रयोग गरिरहेको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा नागरिकले डर र धम्कीबिना आफ्नो विचार अभिव्यक्त गर्न तथा शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्ने उल्लेख गरिएको छ ।

ती देशहरूले इरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न तथा मनपरी ढंगले हिरासतमा लिइएका व्यक्तिहरूलाई रिहा गर्न माग गरेका छन् ।

इरानी विदेशमन्त्रीको प्रतिक्रिया

इरानका विदेशमन्त्री अब्बास अराघचीले पश्चिमी देशहरूको आलोचनालाई खारेज गर्दै उनीहरूले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् ।

उनले फ्रान्सलगायत पश्चिमी देशले मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनका विषयमा संसारलाई ‘प्रवचन’ दिन बन्द गर्नुपर्ने बताएका छन् ।

गाजामा इजरायललाई पश्चिमी देशहरूले दिएको समर्थन तथा इरानविरुद्ध गरिएको कारबाहीलाई लिएर पनि अराघचीले फ्रान्सको आलोचना गरेका छन् ।

इरानमा बढ्दो मृत्युदण्ड

पछिल्ला महिनाहरूमा इरानमा मृत्युदण्डका घटनामा तीव्र वृद्धि भएको बताइएको छ ।

यसै वर्ष इरान देशव्यापी सरकारविरोधी प्रदर्शनबाट प्रभावित भएको थियो भने फेब्रुअरीमा मध्यपूर्वमा युद्ध सुरु भएको थियो ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले अगस्टको सुरुआतमै इरानी सरकारले नागरिकमा त्रास फैलाउन मृत्युदण्डको प्रयोग गरिरहेको बताएका थिए ।

इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही भइरहेका बेला पश्चिमी देशहरूको पछिल्लो संयुक्त विज्ञप्तिले तेहरानमाथि अन्तर्राष्ट्रिय दबाब थप बढाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

झारखण्डमा विद्यार्थी आन्दोलन चर्किएपछि मुख्यमन्त्री आवासको सुरक्षा कडा

दिल्लीको लालकिल्ला विस्फोटमा AQIS संलग्न रहेको राष्ट्रसंघीय प्रतिवेदनको दाबी

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

रुसी जहाज जफत गरे युरोपेली जहाज पनि जफत गर्ने पुटिनको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu