ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित भदौ १ गते सर्वोच्चमा उपस्थित गराउन आदेश


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   २ : ०५   बजे

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसहित विपक्षीहरूलाई भदौ १ गते अदालतमा उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले शुक्रबार श्रेष्ठका तर्फबाट दर्ता भएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अदालतले काठमाडौँ जिल्ला अदालतसहित विपक्षीहरूलाई श्रेष्ठलाई सशरीर उपस्थित गराउनुका साथै अनुसन्धानसम्बन्धी फाइल र बरामद सामग्रीसमेत लिएर आउन आदेश दिएको छ।

अदालतको आदेशमा निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार र कारणसहित भदौ १ गते बिहान १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।

त्यस्तै, सोही दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी श्रेष्ठविरुद्ध परेको जाहेरी दरखास्तसहितको अनुसन्धान फाइल पनि पेस गर्न आदेश दिइएको छ।

बरामद विद्युतीय उपकरण पनि ल्याउन आदेश

सर्वोच्चले श्रेष्ठको घर तथा कार्यालयबाट प्रहरीले बरामद गरेका सीपीयू, ल्यापटप, आइप्याड र मोबाइललगायत विद्युतीय उपकरणसमेत अदालतमा उपस्थित गराउन भनेको छ।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनको घरबाट पक्राउ गरी हिरासतमा राखेको थियो।

पत्नीले दर्ता गराएकी थिइन् बन्दीप्रत्यक्षीकरण रिट

श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार विपक्षीहरूलाई बन्दी र बरामद सामग्रीसहित उपस्थित हुन आदेश दिएको हो।

सरस्वतीका अनुसार प्रहरीले बिहीबार पनि उनको घरमा दोस्रोपटक खानतलासी गरी सीसी क्यामराको डिभाइस स्टोरेजसमेत लिएर गएको छ।

यसअघि श्रेष्ठलाई पक्राउ गरेकै दिन प्रहरीले उनको घर तथा जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरी कम्प्युटरलगायत महत्वपूर्ण विद्युतीय उपकरण नियन्त्रणमा लिएको थियो।

अब भदौ १ गते हुने सुनुवाइमा श्रेष्ठको पक्राउको कानुनी आधार, अनुसन्धानको अवस्था तथा प्रहरीले बरामद गरेका सामग्रीका विषयमा सर्वोच्च अदालतले थप निर्णय गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मानव अधिकार आयोगका ५२.६ प्रतिशत सिफारिस कार्यान्वयन भएनन्, अध्यक्ष मगर भन्छन्– ‘सरकारको पाटो फितलो’

जेन–जी आन्दोलनका घाइते र सहिद परिवारका माग सम्बोधन गर्न सरकारको विशेष समिति गठन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एसीसी प्रिमियर कपको तयारीमा नेपाल, भारतमा १० दिनको क्याम्प

मानव अधिकार आयोगका ५२.६ प्रतिशत सिफारिस कार्यान्वयन भएनन्, अध्यक्ष मगर भन्छन्– ‘सरकारको पाटो फितलो’

जेन–जी आन्दोलनका घाइते र सहिद परिवारका माग सम्बोधन गर्न सरकारको विशेष समिति गठन

खगराज भट्ट : भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म

बागलुङमा पहिरोको जोखिम बढ्यो, निसीखोलाका ४० घर उच्च जोखिममा

सुजाता कोइरालाको आग्रह : ‘अहंकार त्यागेर कांग्रेस एकताको पक्षमा उभिनुस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu