काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच आज दिउँसो भेटवार्ता हुने भएको छ।
भेटवार्तामा प्रतिनिधिसभाअन्तर्गतका समिति बैठकमा उठेका प्रश्न तथा संसदीय मर्यादाका विषयमा छलफल हुने जनाइएको छ।
सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा समिति सदस्यहरूले आमन्त्रित व्यक्तिहरूमाथि प्रयोग गरेको भाषालाई लिएर आलोचना भइरहेका बेला सभामुख अर्याल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता हुन लागेको हो।
समिति बैठकमा प्रयोग भएको भाषा, संसदीय मर्यादा तथा बैठकमा सहभागी आमन्त्रित व्यक्तिप्रतिको व्यवहारका विषयमा छलफल हुने बताइएको छ। भेटवार्ताबाट पछिल्लो विवाद र त्यससँग जोडिएका विषयमा आवश्यक समझदारी कायम गर्ने प्रयास हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्