ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खगराज भट्ट बने सुदूरपश्चिमका नयाँ मुख्यमन्त्री, एमालेका चार मन्त्रीले लिए शपथ


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : ०५   बजे

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भट्ट सुदूरपश्चिम प्रदेशका पाँचौँ मुख्यमन्त्री बनेका हुन्।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार प्रदेश प्रमुखको कार्यालय, धनगढीमा भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराएका हुन्। त्यसअघि भट्टले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। उनको दाबीलाई नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सोहीअनुसार भट्टले एमालेको समर्थनमा सरकार गठनका लागि दाबी पेस गरेका हुन्।

नेकपा र एमालेबीच भएको सत्ता सहकार्यको समझदारीअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाको भागमा परेको हो। मुख्यमन्त्री भट्टले शपथ लिएसँगै शुक्रबार नै प्रारम्भिक चरणको मन्त्रिपरिषद् गठन गरेका छन्।

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री

नवनियुक्त सरकारमा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्लले आर्थिक मामिलामन्त्री तथा दमन भण्डारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका रूपमा शपथ लिएका छन्।

त्यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।

एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो।

मुख्यमन्त्री भट्टले शपथ लिए पनि नेकपाका तर्फबाट तत्काल अन्य मन्त्री नियुक्त गरिएको छैन। सत्ता सहकार्यको समझदारीअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने बताइएको छ।

मन्त्रालय बाँडफाँट र नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने अपेक्षा गरिएको छ।

कमलबहादुर शाहले दिए राजीनामा

यसअघि साउन २८ गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

शाहको राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सत्ता समीकरण परिवर्तनसँगै नेकपा र एमालेबीच सहकार्यको आधारमा भट्टले मुख्यमन्त्री पदमा दाबी गरेका हुन्।

सुदूरपश्चिममा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारको नेतृत्व परिवर्तन भएको हो। अब भट्ट नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। त्यसपछि सरकारको आगामी नीति, कार्यक्रम तथा मन्त्रालयगत जिम्मेवारीलाई थप व्यवस्थित गर्ने प्रक्रिया अघि बढ्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारद्वारा संवैधानिक इजलासमा मुद्दा पठाउने प्रक्रियाप्रति आपत्ति

जेनजी आन्दोलनमा पक्राउ परेकाको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ्यो

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा, नयाँ सरकार गठनको बाटो खुल्यो

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले आज राजीनामा दिने तयारी

विश्वासको मतका लागि प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री शाहको पत्र

व्यक्ति परिवर्तन हुँदैमा राम्रा काम ओझेलमा पर्नुहुँदैन : मुख्यमन्त्री शाह

महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, शारदा ब्यारेजमा ठूला सवारी रोकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu