ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, शारदा ब्यारेजमा ठूला सवारी रोकियो


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ४ : ४५   बजे

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार ६१ क्युसेक पुगेपछि पश्चिमी नाका भएर हुने सवारी आवागमन प्रभावित भएको छ।

मंगलबार बेलुकीदेखि महाकाली नदीको जलस्तर बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा चारपाङ्ग्रे ठूला सवारीसाधनको आवागमन रोकिएको हो। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङका अनुसार बेलुकी ५ बजेपछि पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

उनका अनुसार राति ९ बजे गरिएको मापनमा महाकाली नदीको बहाव एक लाख आठ हजार क्युसेक नाघेको थियो। पानीको बहाव निरन्तर बढ्दै गएपछि भारतीय पक्षले सुरक्षालाई ध्यानमा राख्दै शारदा ब्यारेजमा ठूला सवारीसाधनको आवागमन रोकेको हो।

ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएपछि भारतका विभिन्न क्षेत्रमा जाने तथा भारतबाट नेपाल आउने सवारीसाधनको आवागमन प्रभावित भएको छ। साना सवारीसाधन भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शारदा ब्यारेजको संरचना जीर्ण रहेकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि पुगेपछि भारतीय पक्षले ठूला सवारीसाधनको आवागमन रोक्दै आएको छ। नदीमा पानीको बहाव घटेपछि आवागमन क्रमशः सहज हुने बताइएको छ।

सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडी तथा भारतको धार्चुला क्षेत्रमा भएको वर्षाका कारण महाकाली नदीको जलस्तर बढेको बताइएको छ। लगातार वर्षा भइरहेकाले नदीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, शारदा ब्यारेजमा ठूला सवारी रोकियो

देशका विभिन्न स्थानमा पाँचजना मृत फेला

सम्बन्धित

भदौ १५ सम्म १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा समावेश गरिने

विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu