ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : १५   बजे

सुदूरपश्चिम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन्।

कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रावलले अव्यवस्थित बसोबासी तथा भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण र समन्वय गर्न सरकार तयार रहेको बताइन्।

उनले विकासका अन्य कामसँगै भूमिसम्बन्धी समस्या समाधानलाई पनि प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहलाई आग्रह गरिन्।

६०० दिनभित्र लालपुर्जा वितरण गर्ने लक्ष्य

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा मन्त्री रावलले ६०० दिनभित्र लालपुर्जा वितरण गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको जानकारी दिइन्।

भूमि समस्या समाधानका लागि आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको भन्दै उनले जिल्लाका सबै स्थानीय तहमा प्रभावकारी रूपमा काम अघि बढाउन समितिलाई आग्रह गरिन्।

समितिका अध्यक्ष एवं कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लामा छिट्टै लालपुर्जा वितरण गर्ने तयारीबारे बैठकमा छलफल भएको जानकारी दिए।

मन्त्री रावलले कैलालीसँगै कञ्चनपुरमा पनि विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिममा एक महिनामै लागुऔषधसहित १६० जना पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

१० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि कांग्रेस सांसद प्रकाशबहादुर देउवा पदमुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu