ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापा चुनाव नलडे आफू पनि चुनाव नलड्ने मोहन बस्नेतको घोषणा


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगनकुमार थापा आगामी निर्वाचनमा उम्मेदवार नबने आफू पनि चुनाव नलड्ने घोषणा गरेका छन्।

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापाले ५५ वर्षको उमेरमा राजनीति छाड्ने बताएको स्मरण गर्दै अब उक्त समय आउन तीन वर्षमात्र बाँकी रहेको बताए।

बस्नेतले आफूले यसअघि थापाको आफ्नै चुनाव क्षेत्र नभएको बताउँदै आएको र अहिले त्यो कुरा प्रमाणित भएको दाबी गरे। उनले सिन्धुपाल्चोकलाई आफूले एकलौटी कांग्रेसको आधार बनाएको भन्दै थापामाथि कटाक्षसमेत गरे।

“गगन थापाको कुनै चुनाव क्षेत्र छैन भनेको थिएँ, त्यो प्रमाणित भएको छ । सिन्धुपाल्चोक एकलौटी कांग्रेस बनाएर आएको हुँ,” बस्नेतले भने।

युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार

बस्नेतले आफू अझै करिब २० वर्ष चुनाव लड्न सक्ने भए पनि नेतृत्वले युवालाई अवसर दिनुपर्ने बताए। थापाले सक्रिय राजनीति छाड्ने निर्णय गरे आफूले पनि चुनाव नलड्ने उनको भनाइ थियो।

“म छाड्न तयार छु, तपाईं पनि छाड्नुहोस् । अब राजनीति गर्दिनँ, युवालाई जिम्मा लगाउँछु भन्नुहोस्, म पनि तपाईंजस्तै लड्दै आएको हुँ, तपाईंले लड्नुभएन भने म पनि कुनै चुनाव लड्दिनँ,” उनले भने।

उनले आफूहरूलाई आलोचक पक्षले ‘खरानी दस्ता’ भन्ने गरेको प्रसंग निकाल्दै पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा देखिएको जनसमर्थनले त्यसको जवाफ दिएको दाबी गरे।

बस्नेतले विशेष महाधिवेशन पक्षधरप्रति व्यंग्य गर्दै भने, “हिजो हामीलाई विशेष महाधिवेशन पक्षले खरानी दस्ता भन्नुभएको थियो, हिजोको उपस्थितिले खरानी दस्ता चाहिँ विशेष महाधिवेशन भैसक्नुभएको छ।”

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Historic Athens Stadium Undergoes First Deep Clean in Over a Century

Michigan Shootings Leave Six Dead, Including Suspect

Ukraine Launches Major Aerial Assault on Russia, Retaliatory Strikes Hit Ukrainian Cities

Palestinian Families Besieged by Settlers and Military in Qusra

US Commander Visits Key Aircraft Carrier Amidst Ongoing Mideast Tensions

Victimhood Nationalism: How Nations Reframe Suffering as a Tool for Power

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu