काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको बताएका छन्।
शनिबार बिहान महाराजगन्जस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देउवाले प्रेसले निर्भय र स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्ने बताए।
उनले प्रेसले कुनै व्यक्ति वा पक्षको पक्षपोषण गर्न नहुने धारणा राखे। ‘प्रेस स्वतन्त्रता स्वतन्त्र पत्रकारिताका लागि अति आवश्यक कुरा हो,’ उनले भने, ‘मेरो पक्षमा छ, मेरो विपक्षमा छैन भन्ने कुरा होइन नि। प्रेस व्यक्ति पूजा होइन नि। प्रेसले त निष्पक्ष रूपमा हेर्ने हो।’
देउवाले राजनीतिक नेतृत्व तथा सार्वजनिक व्यक्तिको कामको मूल्याङ्कन गर्नु प्रेसको जिम्मेवारी भएको पनि बताए।
‘राम्रो काम गरेको छ कि छैन भनेर हेर्ने उसको काम हो,’ उनले भने।
देउवाको भनाइले लोकतन्त्रमा स्वतन्त्र र निष्पक्ष प्रेसको भूमिकालाई जोड दिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्