ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका पाँच स्थानबाट आज ग्यास वितरण हुँदै


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ११ : ५५   बजे

काठमाडौं । नेपाल आयल निगमले आज काठमाडौंका पाँच स्थानबाट खाना पकाउने एलपी ग्यास वितरण गरिरहेको छ।

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्न लागिएको जनाएको हो। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास खरिद गर्न सकिनेछ।

कुन स्थानमा कुन ग्यास?

  • टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास।
  • यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ग्यास।
  • राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास।
  • राधास्वामी वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास।
  • पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास।

निगमका अनुसार अति आवश्यक परेका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएको बिक्री केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत ग्यासको नियमित बिक्री–वितरण गरिरहेको पनि स्पष्ट पारेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी क्षेत्र प्रवर्द्धनदेखि डिजिटल सुशासनसम्म : सरकारको आर्थिक सुधारको रोडम्याप

‘नेपाली सेनामाथिको कुनै पनि प्रकारको प्रहार स्वीकार्य छैन’ : जेनजी अगुवा हमाल

सम्बन्धित

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्छ : सीएनआई अध्यक्ष पाण्डे

बैंकिङ कसुरमा १४ लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ

एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

नालाको सांस्कृतिक तथा पर्यटकीय सम्भावना

चन्द्रपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

चितवनको क्लबमा दुई समूहबीच झडप, चारजना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu