ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकिङ कसुरमा १४ लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ


ABC NEWS
३० श्रावण २०८३, शनिबार   १ : १५   बजे

काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट दुई दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतको महाशिला गाउँपालिका–५ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ काँडाघारी बस्दै आएका ४० वर्षीय तुलप्रसाद अधिकारी रहेका छन्।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मनोहराबाट पक्राउ गरेको हो।

काठमाडौं जिल्ला अदालत, बबरमहलको फैसलाअनुसार नेपाल सरकार वादी र अधिकारी प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उनलाई दुई दिन कैद र १४ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो।

अदालतको फैसला कार्यान्वयनका लागि फरार रहेका अधिकारीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका अधिकारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको विधान संशोधनका लागि रमेश लेखकले पेस गरे ४३ बुँदे अवधारणा

चुनावपछि पहिलो पटक गृहजिल्ला झापा पुगे ओली, इलाममा पनि कार्यक्रम

सम्बन्धित

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्छ : सीएनआई अध्यक्ष पाण्डे

एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

नालाको सांस्कृतिक तथा पर्यटकीय सम्भावना

चन्द्रपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

काठमाडौंका पाँच स्थानबाट आज ग्यास वितरण हुँदै

चितवनको क्लबमा दुई समूहबीच झडप, चारजना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu