ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको विधान संशोधनका लागि रमेश लेखकले पेस गरे ४३ बुँदे अवधारणा


ABC NEWS
३० श्रावण २०८३, शनिबार   २ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको विधान संशोधनका लागि ४३ बुँदे अवधारणा पत्र प्रस्तुत गरेका छन्।

राष्ट्रिय भेलाको कानुन तथा विधान समिति संयोजकसमेत रहेका लेखकले पार्टीको विधानलाई बदलिँदो राजनीतिक, सामाजिक र प्रविधिगत आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने बताएका छन्।

उनले संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र तथा समानुपातिक समावेशी सिद्धान्तलाई पार्टी संगठनमा प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिएका छन्। संघीय संरचनाअनुसार स्थानीय, प्रदेश र केन्द्रीय तहबीच अधिकार तथा जिम्मेवारी स्पष्ट गर्नुपर्ने उनको प्रस्ताव छ।

सदस्यता प्रणाली डिजिटल बनाउन प्रस्ताव

लेखकले साधारण तथा क्रियाशील सदस्यसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्ने सुझाव दिएका छन्। सदस्यता स्वघोषणाका आधारमा प्राप्त गर्न सकिने तथा डिजिटल प्रणालीमार्फत सदस्यता लिन, नवीकरण गर्न र हटाउन सकिने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ।

विदेशस्थित जनसम्पर्क समितिका सदस्यको सदस्यता सम्बन्धित देशको समितिमा सूचीकृत गरी केन्द्रीय कार्यालयमा अभिलेख राख्ने व्यवस्था गर्न पनि उनले सुझाव दिएका छन्।

समावेशी प्रतिनिधित्वमा जोड

लेखकले पार्टीका सबै तहमा महिला, दलित, जनजाति, क्षेत्र तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्।

टोल कार्यसमितिमा भूगोल र जनसंख्याका आधारमा पदाधिकारी तथा सदस्य संख्या निर्धारण गर्नुपर्ने तथा वडा समितिमा न्यूनतम क्रियाशील सदस्य संख्या तोक्नुपर्ने उनको सुझाव छ।

आन्तरिक लोकतन्त्र र पारदर्शितामा जोड

लेखकले पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउन पारदर्शी निर्णय प्रक्रिया, योग्यता तथा योगदानमा आधारित मूल्यांकन प्रणाली र अनुशासित कार्यकर्तापंक्ति आवश्यक रहेको बताएका छन्।

उनले कांग्रेसको ऐतिहासिक योगदान स्मरण गर्दै पार्टीलाई समयअनुकूल पुनर्गठन गर्न विधान संशोधन आवश्यक रहेको धारणा राखेका छन्। विशेषगरी सूचना प्रविधिको विकास, बदलिँदो सामाजिक–आर्थिक परिवेश र नागरिकका अपेक्षालाई ध्यानमा राखेर पार्टी संरचना चुस्त बनाउनुपर्ने उनको प्रस्ताव छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले जनतासँग गल्ती स्वीकार गर्नुपर्छ : एनपी साउद

ग्यास लिन पाँच बिक्री केन्द्रमा बिहानैदेखि उपभोक्ताको लाइन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसले जनतासँग गल्ती स्वीकार गर्नुपर्छ : एनपी साउद

Migrant Crisis Used as Leverage: How Europe’s Border Policies Became a Geopolitical Tool

ग्यास लिन पाँच बिक्री केन्द्रमा बिहानैदेखि उपभोक्ताको लाइन

Nepal’s BFIN Institute Hosts International Conference on Future of Finance

Nearly $70 Million Spent on Tri-National Highway Project Linking China and India

विशेष महाधिवेशन आफूले नचाहँदा पनि भयो : देउवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu