काठमाडौं । नेपाल आयल निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट खाना पकाउने ग्यास वितरण गरिरहेको छ। ग्यास बिक्री हुने सूचना पाएपछि उपभोक्ता बिहानैदेखि तोकिएका केन्द्रमा पुगेर लाइनमा बसेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा निगमले विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको हो। घण्टौँ लाइनमा बसेर उपभोक्ताले खाली सिलिन्डर साटेर ग्यास लिइरहेका छन्।
निगमका अनुसार तोकिएका बिक्री केन्द्रबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास खरिद गर्न सकिनेछ।
पाँच स्थानबाट ग्यास वितरण
टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास बिक्री भइरहेको छ।
यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ग्यास उपलब्ध छ।
राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास बिक्री भइरहेको छ।
त्यस्तै, राधास्वामी, बसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास वितरण भइरहेको छ।
पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ।
निगमले ग्यास खरिदका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्ने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्