ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता बोकेर घण्टौँ लाइनमा, ग्यास किन्न पनि सास्ती


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ४ : ०५   बजे

काठमाडौं । खाना पकाउने एलपी ग्यास खरिद गर्न सर्वसाधारण नागरिकता तथा परिचयपत्र बोकेर घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। सरकारले ग्यास खरिद गर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा अन्य परिचयपत्र अनिवार्य रूपमा ल्याउन सूचना जारी गरेपछि शनिबार बिहानैदेखि काठमाडौंका विभिन्न वितरण केन्द्रमा उपभोक्ताको लामो लाइन लागेको हो।

नेपाल आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि राजधानीका पाँच स्थानबाट विभिन्न ब्रान्डका एलपी ग्यास वितरण सुरु गरेको छ। तर वितरण केन्द्रबाट ग्यास बिक्री सुरु भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।

निगमका अनुसार टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास बिक्री भइरहेको छ। बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराइएको निगमले जनाएको छ।

ग्यास लिन बिहानैदेखि वितरण केन्द्रमा पुगेका उपभोक्ताको भीड व्यवस्थापन गर्नसमेत कठिन भएको छ। निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहलस्थित वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन्। बिहानैदेखि ठूलो संख्यामा उपभोक्ता लाइनमा रहेको उनले बताए।

निगमले शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गर्ने व्यवस्था गरेको छ। बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिन सक्ने व्यवस्था गरिएको छ। उक्त केन्द्रमा विभिन्न १० प्रकारका ग्यास सिलिन्डर उपलब्ध रहेको पौडेलले जानकारी दिए।

तर, वितरण केन्द्रमा लामो समय लाइन बसेका कतिपय उपभोक्ताले आफ्नो पालो आउँदा समेत ग्यास नपाएको गुनासो गरेका छन्। बबरमहलमा लाइनमा बसेका उपभोक्ताका अनुसार घण्टौँसम्म पालो कुरेपछि वितरणस्थलमै ग्यास अभाव हुँदा थप समय पर्खनुपर्ने अवस्था आएको छ।

निगमले ग्यासको संकटलाई ध्यानमा राख्दै ग्यास डिपोसँग समन्वय गरी बिक्री तथा वितरणमा सहजीकरण गरिरहेको जनाएको छ। साथै, ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारण रोक्न बजार अनुगमनसमेत तीव्र पारिएको छ।

निगमका अनुसार ग्यास लुकाउने, आवश्यकता भन्दा बढी भण्डारण गर्ने तथा कालोबजारी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको छ।

ग्यास वितरणका लागि पाँच स्थान तोकिए पनि उपभोक्ताको भीड र अभावको गुनासोले आपूर्ति तथा वितरण प्रणाली अझै सहज बन्न नसकेको देखिएको छ। वितरण केन्द्रमा पर्याप्त ग्यासको उपलब्धता सुनिश्चित नगरी केवल बिक्री केन्द्र थप्दा मात्र समस्या समाधान नहुने उपभोक्ताको भनाइ छ।

निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा अन्य परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विजयपुर खोलामा बगेर एक बालक बेपत्ता, एकको उद्धार

कांग्रेस इतर पक्षको प्रतिबद्धता : १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Italian Police Recover Stolen Renoir, Cézanne, and Matisse Artworks

Michigan Shootings Leave Six Dead Following Extensive Manhunt

गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने

Arsenal and Manchester City Clash in Community Shield Ahead of Premier League Season

Ukrainian Red Cross Driver Conscripted During Evacuation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu