ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ४ : ०५   बजे

काठमाडौँ । देशका विभिन्न स्थानमा शनिबार (साउन ३०) दिउँसो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ।

विभागका अनुसार शनिबार दिउँसो ३ बजे गरिएको मापनमा सिन्धुपाल्चोकको बोल्डे, ढुंगे तथा आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भएको हो। बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्रमा अझै थप वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ।

महाशाखाले वर्षाका कारण स्थानीय खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने तथा बाढी र पहिरोको जोखिम बढेको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकका विभिन्न खोलामा पानीको सतह बढ्नसक्ने भएकाले स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

लगातार वर्षा भइरहेमा तल्लो तटीय क्षेत्रमा डुबान तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्नसक्ने भएकाले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानतर्फ सर्नसमेत महाशाखाले आग्रह गरेको छ।

वर्षा भइरहेका क्षेत्रमा खोला तथा नदीको किनारमा नजान, जोखिमपूर्ण सडक तथा पहिरो सम्भावित क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन र मौसम तथा बाढीसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहनसमेत आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर पक्षको प्रतिबद्धता : १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण

विजयपुर खोलामा बगेर एक बालक बेपत्ता, एकको उद्धार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Italian Police Recover Stolen Renoir, Cézanne, and Matisse Artworks

Michigan Shootings Leave Six Dead Following Extensive Manhunt

गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने

Arsenal and Manchester City Clash in Community Shield Ahead of Premier League Season

Ukrainian Red Cross Driver Conscripted During Evacuation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu