ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले जनतासँग गल्ती स्वीकार गर्नुपर्छ : एनपी साउद


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ३ : २५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पार्टीले विगतका गल्ती स्वीकार गर्दै जनतासमक्ष आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा ‘मुलुकको समसामयिक विषयको प्रस्ताव’ प्रस्तुत गर्दै साउदले आत्मसमीक्षा कमजोरी नभई सुधारको पहिलो आधार भएको बताएका हुन्।

उनले कांग्रेसले जनतासँग इमानदारीपूर्वक आफ्ना गल्ती स्वीकार गर्दै त्यसबाट सिक्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उल्लेख गरेका छन्।

‘कांग्रेसले जनतासँग इमानदारीपूर्वक भन्न सक्नुपर्छ—हामीले पनि गल्ती गरेका छौँ, तर हामी आफ्ना गल्तीबाट सिक्छौँ र लोकतन्त्र, संविधान तथा जनताको अधिकारलाई अझ बलियो बनाउने जिम्मेवारीबाट पछि हट्दैनौँ,’ साउदले प्रस्तावमा भनेका छन्।

उनका अनुसार यस्तो स्वीकारोक्तिले पार्टीलाई कमजोर नभई अझ विश्वसनीय बनाउनेछ।

संसद्मा कांग्रेसको भूमिका कमजोर

साउदले संसद्मा कांग्रेसको उपस्थिति र प्रभावकारिता कमजोर हुँदै गएको टिप्पणी गरेका छन्। सत्ताको छायामा कांग्रेस परेको अनुभूति हुन थालेको उनको भनाइ छ।

‘संसदीय फाँटमा नेपाली कांग्रेसको उपस्थिति र प्रभावकारिता कमजोर छ। सत्ताको छायामा कांग्रेस परेको अनुभूति हुँदै छ,’ उनले भनेका छन्।

संसद्मा संख्यात्मक रूपमा कमजोर हुँदैमा कांग्रेसको राजनीतिक भूमिका समाप्त नहुने भन्दै उनले राष्ट्रिय मुद्दामा प्रभावकारी वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्न नसक्नु अझ ठूलो चुनौती भएको उल्लेख गरेका छन्।

प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले सरकारका कमजोरी मात्र औँल्याउने नभई जनतालाई विश्वास दिलाउने वैकल्पिक नीति तथा कार्यक्रमसमेत प्रस्तुत गर्नुपर्ने उनको धारणा छ।

साउदले संख्यात्मक कमजोरीसँगै राष्ट्रिय मुद्दामा प्रभावकारी हस्तक्षेप गर्न नसक्ने अवस्था आएमा प्रमुख प्रतिपक्षका रूपमा पार्टीको प्रभाव अझ कमजोर हुने चेतावनीसमेत दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन

भारतको ८०औँ स्वतन्त्रता दिवस : नेपाल–भारत सम्बन्धको इतिहास, उतारचढाव र भविष्य

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो

नागरिकता बोकेर घण्टौँ लाइनमा, ग्यास किन्न पनि सास्ती

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, सिन्धुपाल्चोकमा ६०.४ मिलिमिटर

नुवाकोट बस दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो, दुई तीर्थयात्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu