ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपाली सेनामाथिको कुनै पनि प्रकारको प्रहार स्वीकार्य छैन’ : जेनजी अगुवा हमाल


ABC NEWS
३० श्रावण २०८३, शनिबार   १ : ३५   बजे

काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले नेपाली सेनामाथि हुने कुनै पनि प्रकारको नियोजित प्रहार वा संस्थागत अवमूल्यन आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्। उनले नेपाली सेनालाई राष्ट्र संकटमा पर्दा निर्णायक भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय संस्थाका रूपमा व्याख्या गर्दै यसको गरिमा र योगदानलाई राजनीतिक स्वार्थसँग जोडेर कमजोर बनाउन नहुने धारणा राखेका छन्।

शनिबार बबरमहलस्थित कार्की ब्याङ्केटमा अवकाशप्राप्त सैनिक तथा सुरक्षा क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा आयोजित कार्यक्रममा बोल्दै हमालले नेपाली सेनाको इतिहास नेपालको एकीकरण अभियानदेखि वर्तमानसम्मको राष्ट्रिय सुरक्षा र संकट व्यवस्थापनसँग जोडिएको बताए।

उनले नेपाली सेनालाई ‘देश संकटमा पर्दा अन्तिम लाइफलाइनका रूपमा उभिने राष्ट्रिय संस्था’ को संज्ञा दिए।

हमालले पछिल्लो जेनजी आन्दोलनको प्रसंग उल्लेख गर्दै आन्दोलनको मूल उद्देश्य सुशासन, जवाफदेहिता र संस्थागत सुधार भए पनि त्यसको नाममा राष्ट्रिय संस्थाहरूको मानमर्दन गर्न नहुने बताए।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा व्यक्ति र संस्थाको काममाथि प्रश्न उठाउन सकिन्छ। तर, राष्ट्रिय संस्थालाई नै कमजोर बनाउने नियोजित प्रयास स्वीकार गर्न नसकिने उनको भनाइ छ।

“व्यक्तिमाथि प्रश्न उठाउन पाइन्छ, संस्थामाथि सुधारको माग गर्न पाइन्छ। तर राष्ट्रका लागि योगदान गरेका संस्थालाई नियोजित रूपमा कमजोर बनाउने वा मानमर्दन गर्ने कुरा कुनै पनि हालतमा सह्य हुँदैन,” हमालले भने।

उनले जेनजी आन्दोलनको क्रममा राजनीतिक नेतृत्वका शीर्ष व्यक्तिहरूको अनुपस्थिति र राज्य संयन्त्रमा उत्पन्न असहज परिस्थितिबीच नेपाली सेनाले शान्ति तथा सुरक्षा कायम गर्न भूमिका खेलेको दाबी गरे।

“जब देशमा बेचैनी र अन्योल थियो, नेपाली सेनाले शान्ति स्थापना गर्‍यो र जनतालाई भय तथा असुरक्षाको अवस्थाबाट बाहिर निकाल्ने काम गर्‍यो,” उनले भने।

कार्यक्रममा सहभागी अवकाशप्राप्त सैनिक अधिकारीहरूले समेत नेपाली सेना तथा अन्य सुरक्षा निकायका प्रमुखहरूमाथि सार्वजनिक र संसदीय प्रक्रियामा भएको भनिएको अमर्यादित व्यवहारप्रति आपत्ति जनाएका थिए।

उनीहरूले राष्ट्रिय सुरक्षा, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा सामाजिक सद्भाव कायम गर्न राज्यका सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

सहभागीहरूको धारणा थियो—राजनीतिक अस्थिरता र सामाजिक तनाव बढेका बेला सुरक्षा निकायमाथिको सार्वजनिक विश्वास कमजोर भए त्यसको प्रत्यक्ष असर राज्यको सुरक्षा क्षमतामा पर्न सक्छ।

त्यसैले सुरक्षा निकायको आलोचना वा सुधारको बहसलाई संस्थागत मर्यादा कायम राख्दै तथ्य र प्रक्रियाका आधारमा अघि बढाउनुपर्ने उनीहरूको जोड थियो।

हमालले जेनजी आन्दोलनको मूल भावना सुशासन र जवाफदेहिता भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय संस्थाहरूको सुधारसँग जोड्नुपर्ने बताए।

उनका अनुसार संस्थामाथि सुधारको माग गर्नु र संस्थाको अस्तित्व तथा गरिमामाथि नै प्रश्न उठाउनु फरक विषय हुन्। उनले व्यक्ति विशेषको कमजोरीका आधारमा सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

यो धारणा पछिल्लो राजनीतिक बहसमा देखिएको एउटा महत्वपूर्ण द्वन्द्वतर्फ पनि लक्षित छ—राज्यका संस्थामाथि आवश्यक निगरानी र सुधार कसरी गर्ने, तर संस्थागत विश्वसनीयता र राष्ट्रिय सुरक्षालाई कमजोर नबनाउने?

‘शान्ति र सुरक्षाबिना विकास सम्भव छैन’

कार्यक्रममा सहभागीहरूले शान्ति र सुरक्षा कायम नभएसम्म आर्थिक विकास तथा समृद्धिको आधार निर्माण गर्न नसकिने धारणा राखेका थिए।

राष्ट्रिय सुरक्षालाई केवल सैन्य सुरक्षा नभई सामाजिक सद्भाव, राजनीतिक स्थायित्व, नागरिक सुरक्षा र संस्थागत विश्वाससँग समेत जोडेर हेर्नुपर्ने उनीहरूको भनाइ थियो।

सुरक्षा चुनौती बदलिँदै गएको अवस्थामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा निकायबीच समन्वय र संस्थागत एकता थप मजबुत बनाउनुपर्नेमा समेत सहभागीहरूले जोड दिए।

आयोजकका अनुसार कार्यक्रममा अवकाशप्राप्त रथी, उपरथी, सहायक रथी, सेनानी तथा विभिन्न दर्जाका सैनिक अधिकारी सहभागी थिए।

त्यसैगरी सशस्त्र प्रहरीका अवकाशप्राप्त अधिकारी, भारतीय तथा ब्रिटिस गोर्खा सैनिकका अवकाशप्राप्त व्यक्तित्व, प्राध्यापक, नागरिक समाजका प्रतिनिधि तथा जेनजी अभियन्तासहित ३०० भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन तथा संयोजन अवकाशप्राप्त उपरथी बाबुराम श्रेष्ठले गरेका थिए भने पत्रकार सम्मेलनको सञ्चालन अवकाशप्राप्त सुबेदार मोहन थापाले गरेका थिए।

कार्यक्रममा विभिन्न अवकाशप्राप्त सैनिक अधिकारी तथा नागरिक क्षेत्रका व्यक्तित्वहरूले राष्ट्रिय सुरक्षा, संस्थागत मर्यादा र पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी क्षेत्र प्रवर्द्धनदेखि डिजिटल सुशासनसम्म : सरकारको आर्थिक सुधारको रोडम्याप

‘नेपाली सेनामाथिको कुनै पनि प्रकारको प्रहार स्वीकार्य छैन’ : जेनजी अगुवा हमाल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Offers Loans Up To $37,000 to Families Affected By ‘Gen-Z Uprising’

Nepal Foreign Minister Extends Independence Day Greetings to India

Israeli Airstrike Kills Seven in Southern Lebanon Amid Intensifying Attacks

UN Warns Afghan Women’s Aid Programs Face Collapse Five Years After Taliban Takeover

Patan High Court Bar Association Holds Leadership Election

निजी क्षेत्र प्रवर्द्धनदेखि डिजिटल सुशासनसम्म : सरकारको आर्थिक सुधारको रोडम्याप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu