झापा । झापा गाउँपालिका–३ मा शनिबार साँझ टिपरले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिपर चालक फरार भएका थिए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरेको छ।
दुर्घटनापछि स्थानीयवासी आक्रोशित भएका थिए। उनीहरूले टिपरमा तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। दुर्घटना कसरी भयो, चालकको लापरवाही थियो वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार यस क्षेत्रमा यसअघि पनि सवारी दुर्घटनाका घटना हुँदै आएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्