मुस्ताङ, साउन ३१ गते । प्रतिकूल मौसम र पर्यटकीय ‘अफसिजन’का कारण मुस्ताङको जोमसोम विमानस्थलबाट हुने पोखरा–जोमसोम नियमित हवाई उडान प्रभावित भएको छ ।
घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम विमानस्थलबाट निजी वायु सेवा कम्पनीहरूले सुरक्षाको कारण देखाउँदै पछिल्ला केही दिनयता नियमित उडान स्थगित गरेका हुन् । विमानस्थल कार्यालयका अनुसार लगातार खराब मौसमका कारण उडान तालिका प्रभावित भएको हो ।
उडान स्थगित भएपछि जोमसोम आउने तथा बाहिरिने यात्रु समस्यामा परेका छन् । विशेषगरी मुक्तिनाथ दर्शनका लागि आउने तीर्थयात्री तथा स्थानीयवासी प्रभावित भएका छन् ।
समिट एयर र तारा एयरलगायत निजी वायु सेवा कम्पनीले पोखरा–जोमसोम उडान रद्द गरेका छन् । मौसममा सुधार नआएसम्म केही दिन उडान नियमित हुन नसक्ने वायु सेवा कम्पनीहरूले जनाएका छन् ।
वर्षायाममा खराब मौसमका कारण जोमसोम विमानस्थलबाट उडान रद्द हुने क्रम बढ्ने गरेको स्थानीयवासी बताउँछन् । हवाई सेवा प्रभावित हुँदा पर्यटक आगमनमा समेत कमी आएको र त्यसको प्रत्यक्ष असर स्थानीय पर्यटन व्यवसायमा परेको उनीहरूको भनाइ छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्