ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तृणमूल कांग्रेसका नेता आशिष बनर्जी पार्टी कार्यालयमै मृत भेटिए


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ११ : १५   बजे

काठमाडौं । भारतीय राज्य पश्चिम बंगालका पूर्वमन्त्री तथा विधानसभाका पूर्वउपाध्यक्ष आशिष बनर्जी आइतबार बिहान पार्टी कार्यालयमै मृत भेटिएका छन्।

तृणमूल कांग्रेसका नेता बनर्जी पूर्वमुख्यमन्त्री ममता बनर्जीनिकट मानिन्थे। बीबीसी हिन्दीका अनुसार उनको निवासनजिकै रहेको पार्टी कार्यालयको कोठामा शव फेला परेको हो।

पश्चिम बंगालको वीरभूम जिल्लाको रामपुरहाट निर्वाचन क्षेत्रबाट पाँच पटक विधायक बनेका बनर्जीको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार उनको शव कोठाभित्र फेला परेको थियो।

प्रहरी स्रोतले शव नजिकै सुसाइड नोटसमेत फेला परेको जनाएको छ। यद्यपि प्रहरीले नोटमा के लेखिएको थियो भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

बनर्जीले सन् २००१ देखि रामपुरहाट निर्वाचन क्षेत्रबाट लगातार चुनाव जित्दै आएका थिए। तर यस वर्ष भएको निर्वाचनमा उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार ध्रुव साहासँग पराजित भएका थिए।

ममता बनर्जी नेतृत्वको सरकारमा उनले स्कुल शिक्षा र कृषि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए। सन् २०२१ मा उनी पश्चिम बंगाल विधानसभाको उपाध्यक्षसमेत बनेका थिए।

बर्दवान विश्वविद्यालयबाट बंगाली विषयमा विद्यावारिधि गरेका बनर्जीले रामपुरहाट कलेजमा शिक्षकका रूपमा करियर सुरु गरेका थिए। पछि राजनीतिमा प्रवेश गरेका उनी तृणमूल कांग्रेसमा ममता बनर्जीका विश्वासपात्र नेताका रूपमा चिनिन्थे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Judge Rejects Bid to Break Up Google’s Ad Business

Israel Kills or Injures Seven Children Daily in Lebanon Invasion

Dolly Parton’s Legacy: A National Treasure Remembered

Iran Fires on Gulf Neighbors After US Strikes Hit Wedding Party

Carney Urges Trump Administration to Resume Serious Trade Talks

Gaza Amputees Struggle Under Blockade and Rubble

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu