ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको आरोप : अनुभवहीन नेतृत्वका कारण देश बर्बादीतर्फ उन्मुख


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ११ : २५   बजे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण मुलुक बर्बादीतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

शनिबार इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ भनिएका राजनीतिक शक्तिमा शासन सञ्चालन गर्ने न्यूनतम दक्षता र अनुभवसमेत नभएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)प्रति संकेत गर्दै उहाँले शासन सञ्चालन पनि सीप, ज्ञान र अनुभव आवश्यक पर्ने विषय भएको बताउनुभयो । खाना पकाउन नजान्ने बालबालिकालाई भान्साको जिम्मेवारी दिँदा जस्तो अवस्था आउँछ, अहिले सरकारको अवस्था त्यस्तै रहेको उहाँको भनाइ थियो ।

ओलीले अनुभव र क्षमता नभएका व्यक्तिलाई राज्य सञ्चालनको जिम्मेवारी दिँदा राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति बढेको आरोप लगाउनुभयो । उहाँले संविधानको उल्लङ्घन भइरहेको दाबी गर्दै मुलुकलाई संवैधानिक बाटोमा फर्काउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा विघटनमाथि प्रश्न

पूर्वप्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक ढंगले चुनावको नाटक गरिएको आरोप लगाउनुभयो ।

प्रतिनिधिसभाको कार्यकाल बाँकी हुँदाहुँदै किन विघटन गरियो भन्दै उहाँले प्रश्न गर्नुभयो । समय हुँदाहुँदै संसद् विघटन गरेर अर्को संसद् किन आवश्यक पर्‍यो भन्ने विषयमा जनताले जवाफ खोज्नुपर्ने उहाँको भनाइ थियो । ओलीले संविधानको रक्षा र राजनीतिक व्यवस्थालाई सही बाटोमा फर्काउन आवश्यक रहेको बताउनुभयो ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Judge Rejects Bid to Break Up Google’s Ad Business

Israel Kills or Injures Seven Children Daily in Lebanon Invasion

Dolly Parton’s Legacy: A National Treasure Remembered

Iran Fires on Gulf Neighbors After US Strikes Hit Wedding Party

Carney Urges Trump Administration to Resume Serious Trade Talks

Gaza Amputees Struggle Under Blockade and Rubble

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu