ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खगराज भट्ट बने सुदूरपश्चिमका मुख्यमन्त्री, बजेट शून्यता अन्त्य गर्ने चुनौती


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ३ : १५   बजे

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त भएका छन् । नयाँ एमाले–नेकपा गठबन्धन बनेसँगै भट्ट मुख्यमन्त्री नियुक्त भएका हुन् ।

डडेल्धुरामा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग लगातार तीनपटक चुनावी प्रतिस्पर्धा गरेका भट्टलाई यसपटक देउवाकै प्रस्ताव र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थनसमेत थियो । प्रदेश सरकार गठनको सुरुदेखि नै मुख्यमन्त्री बन्ने आकांक्षा राखेका भट्टले यसअघि भने अवसर पाउन सकेका थिएनन् ।

२०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४ मा जन्मिएका भट्ट २०४७ सालमै तत्कालीन नेकपा एकता केन्द्रको साधारण सदस्य बनेका थिए । २०५० सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय उनी माओवादी आन्दोलनका क्रममा पक्राउ परी जेलसमेत परेका थिए । त्यसपछि भूमिगत राजनीतिमा सक्रिय हुँदै पार्टीका जिल्ला, क्षेत्रीय तथा केन्द्रीय तहका विभिन्न जिम्मेवारी सम्हालेका भट्ट सुदूरपश्चिमका प्रभावशाली माओवादी नेताका रूपमा स्थापित भएका थिए ।

सुशासन र विकास प्राथमिकतामा

मुख्यमन्त्री भट्टले सुशासनलाई पहिलो प्राथमिकतामा राखेका छन् । प्रदेशको औचित्यमाथि उठ्ने प्रश्नलाई व्यवहारबाटै गलत साबित गर्नुपर्ने उनको धारणा छ ।

उनले शिक्षा, सडक, सिँचाइलगायत क्षेत्रमा भएका कामलाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्‍याउने बताएका छन् । सुशासन संस्थागत गर्ने, वैज्ञानिक तथा दिगो विकास अघि बढाउने, स्रोतसाधनको अधिकतम उपयोग गर्ने र प्रदेश राजधानी कार्यान्वयन गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।

तीन मन्त्री नियुक्त

नयाँ प्रदेश सरकारमा एमालेकी सन्तोषकुमारी शर्मा थापा सामाजिक विकास मन्त्री बनेकी छन् । उनी सुदूरपश्चिममा सामाजिक विकास मन्त्रालयको नेतृत्व गर्ने पहिलो महिला मन्त्री हुन् ।

डोटी प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले नेता चक्र मल्ल आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । उनको पहिलो चुनौती प्रदेशको बजेट शून्यता अन्त्य गर्नु रहेको छ । रोकिएका कामलाई गति दिने, सीमित स्रोतलाई प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने र विकास आयोजनालाई अघि बढाउने जिम्मेवारी मल्लको काँधमा आएको छ ।

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य दमनबहादुर भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह पनि मन्त्री नियुक्त भएका छन् ।

नयाँ सरकार गठनसँगै लामो समयदेखि रोकिएका बजेट तथा विकाससम्बन्धी काम अघि बढाउने र प्रदेश सरकारलाई प्रभावकारी बनाउने चुनौती मुख्यमन्त्री भट्टसहित नयाँ मन्त्रिपरिषद्सामु रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यासको लाइन अझै हटेन, ठिमीमा बिहानैदेखि सिलिण्डर बोकेर उपभोक्ताको भीड

कांग्रेस इतर समूहको भेलामा ‘हिन्दु राष्ट्र’ प्रस्तावलाई लिएर विवाद

सम्बन्धित

खगराज भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार

देउवाको भविष्यवाणी चार वर्षपछि पूरा : प्रतिस्पर्धी खगराज बने सुदूरपश्चिमका मुख्यमन्त्री

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

खगराज भट्ट बने सुदूरपश्चिमका नयाँ मुख्यमन्त्री, एमालेका चार मन्त्रीले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा, नयाँ सरकार गठनको बाटो खुल्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu