ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा संवादमा आफूलाई नबोलाएको भन्दै शिक्षक महासंघको आपत्ति


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

काठमाडौं । प्रस्तावित शिक्षा ऐनका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले प्रदेशगत रूपमा सुरु गरेको ‘शिक्षा संवाद’ कार्यक्रममा आफूलाई सहभागी नगराइएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षक–कर्मचारीका पेसागत विषयमा नीति संवाद भइरहेका बेला शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्था नेपाल शिक्षक महासंघको संस्थागत उपस्थिति नखोजिनु र नराखिनु गम्भीर विषय भएको जनाएको छ।

महासंघले यस्तो कदमले शिक्षक–कर्मचारीका समस्या तथा पेसागत आन्दोलनप्रति मन्त्रालयको बेवास्ता प्रस्ट भएको आरोप लगाएको छ। विज्ञप्तिमा मन्त्रालयलाई आफ्नो निर्णय सच्याउन आग्रह गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मन्त्रालयले नै लिनुपर्ने चेतावनी दिइएको छ।

शिक्षा ऐन निर्माणअघि देशभरका शिक्षा सरोकारवालाको सुझाव लिन मन्त्रालयले प्रदेशगत रूपमा ‘शिक्षा संवाद’ कार्यक्रम सुरु गरेको हो। अभियानअन्तर्गत शनिबार कोसी प्रदेशको विराटनगरमा पहिलो कार्यक्रम आयोजना गरिएको थियो।

विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायत शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता थियो।

‘शिक्षा संवाद’को दोस्रो कार्यक्रम आइतबार मधेस प्रदेशको जनकपुरमा आयोजना हुँदैछ। महासंघले भने आफूलाई संस्थागत रूपमा सहभागी नगराइएको विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै तत्काल सच्याउन माग गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

रचना रिमालको सांगीतिक यात्रा कक्षा ४ को पाठ्यक्रममा समेटियो

‘शिक्षा संवाद’मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति

विश्वविद्यालयबाट निस्कँदैमा उद्योगमा आवश्यक सबै सीपयुक्त जनशक्ति तयार हुँदैन : देवकोटा

शिक्षा क्षेत्रको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक : मन्त्री खनाल

विद्यामन्दिर माविमा नयाँ विद्यार्थीलाई स्वागत

नेतृत्व छाड्न दबाब दिनेहरूलाई ओलीको चेतावनी : ‘मन लाग्दैन भने पार्टी छाडे हुन्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu