ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रचना रिमालको सांगीतिक यात्रा कक्षा ४ को पाठ्यक्रममा समेटियो


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : २५   बजे

काठमाडौं । चर्चित गायिका रचना रिमालको सांगीतिक यात्रा विद्यालयको पाठ्यक्रममा समेटिएको छ ।

झापाको भद्रपुर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ४ को ‘भद्रपुर सेरोफेरो’ पुस्तकमा रिमालको जीवनी तथा सांगीतिक सफलतालाई पाठ्यसामग्रीका रूपमा समावेश गरिएको हो ।

पुस्तकको ‘पाठ २ : रचना रिमाल’ शीर्षकमा शिक्षक र विद्यार्थीबीचको संवादमार्फत उनको जीवन, सांगीतिक यात्रा र सफलताको कथा प्रस्तुत गरिएको छ । पाठमा उनको जन्मदेखि सांगीतिक क्षेत्रमा हासिल गरेका उपलब्धिसम्मका विषयलाई विद्यार्थीले बुझ्ने गरी सरल भाषामा समेटिएको छ ।

आफ्नो सांगीतिक यात्रा पाठ्यक्रममा समेटिएपछि रिमालले खुसी व्यक्त गरेकी छन् । उनले यसलाई आफू हुर्किएको स्थानले दिएको अमूल्य सम्मानका रूपमा लिएकी छन् ।

“आफ्नै माटोको यो सम्मान मेरो लागि अमूल्य छ । जुन ठाउँमा म हुर्किएँ, जुन माटोमा मैले सपना देखेँ, जसले मेरा सपनाहरूलाई आकार दियो, आज त्यही भद्रपुरमा मेरो सांगीतिक यात्राको एउटा अध्याय बनेर नयाँ पुस्ताले पढ्ने कक्षा ४ को पाठ्यक्रममा समेटिएको देख्दा मन असाध्यै भावुक भएको छ,” उनले भनेकी छन् ।

रिमालले आफ्नो जन्मभूमि भद्रपुरले दिएको यो सम्मानले आफूलाई थप उत्साहित बनाएको बताएकी छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

‘शिक्षा संवाद’मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति

विश्वविद्यालयबाट निस्कँदैमा उद्योगमा आवश्यक सबै सीपयुक्त जनशक्ति तयार हुँदैन : देवकोटा

शिक्षा क्षेत्रको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक : मन्त्री खनाल

शिक्षा संवादमा आफूलाई नबोलाएको भन्दै शिक्षक महासंघको आपत्ति

विद्यामन्दिर माविमा नयाँ विद्यार्थीलाई स्वागत

नेतृत्व छाड्न दबाब दिनेहरूलाई ओलीको चेतावनी : ‘मन लाग्दैन भने पार्टी छाडे हुन्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu