काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै आन्दोलन आवश्यक रहेको बताएका छन् ।
ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको उद्घाटन गर्दै मन्त्री खनालले समाज र देशलाई सही दिशामा अघि बढाउन प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए ।
उनले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा गम्भीर बौद्धिक बहस आवश्यक रहेको उल्लेख गरे । तलबभत्तामा केन्द्रित आन्दोलनले मात्र देशको रूपान्तरण गर्न नसक्ने उनको भनाइ थियो । ‘मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,’ मन्त्री खनालले भने ।
कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्ने बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै समयअनुकूल शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताए ।
मन्त्री खनालले क्याम्पस सभाको उद्घाटन गर्दै शिक्षाको गुणस्तर सुधार र देश विकासमा शिक्षाको भूमिकाबारे धारणा राखेका थिए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्