ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियासँगको सैन्य अभ्यासमा भारी कटौती गर्न ट्रम्पको निर्देशन


ABC NEWS
१ भदौ २०८३, सोमबार   ४ : ५५   बजे

 

वाशिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न पेन्टागनलाई निर्देशन दिएका छन्। दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गर्दै ट्रम्पले यस्तो निर्देशन दिएका हुन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका लागि अनुपयुक्त र शत्रुतापूर्ण सन्देश भएको बताएका छन्। अभ्यास रद्द गर्न ढिला भइसकेकाले रक्षामन्त्री पिट हेगसेथलाई अभ्यासको आकारमा भारी कटौती गर्न निर्देशन दिएको उनले उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार उनले दक्षिण कोरियाका राष्ट्रपतिसँग इरानको आणविक निःशस्त्रीकरण प्रयासमा अमेरिकालाई सहयोग गर्नेबारे छलफल गरेका थिए। तर दक्षिण कोरियाले त्यसमा असहमति जनाएको उनको भनाइ छ। यसलाई दक्षिण कोरियासँगको अमेरिकी सुरक्षा गठबन्धनप्रतिको ट्रम्प प्रशासनको दृष्टिकोणमा आएको परिवर्तनका रूपमा हेरिएको छ।

१८ हजार दक्षिण कोरियाली सैनिक सहभागी

दक्षिण कोरिया र अमेरिकाबीचको ११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ संयुक्त सैन्य अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन्। उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतराविरुद्ध संयुक्त प्रतिरक्षा क्षमता सुदृढ गर्ने उद्देश्यले अभ्यास आयोजना गरिएको हो।

अभ्यासमा वास्तविक गोलीबारी, सैन्य युक्ति तथा नदी पार गर्ने अभ्यासलगायत गतिविधि समावेश छन्। अमेरिकी सेनाका अनुसार यसले अमेरिका–दक्षिण कोरिया गठबन्धनलाई थप मजबुत बनाउँदै क्षेत्रीय शान्ति तथा सुरक्षामा योगदान पुर्‍याउँछ।

अभ्यास उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण पुनः सुरु गरेको केही दिनपछि भएको हो।

ट्रम्पको निर्णयको आलोचना

अमेरिकी डेमोक्र्याटिक सिनेटर तथा पूर्वनौसेना पाइलट मार्क केलीले संयुक्त सैन्य अभ्यास कमजोर पार्ने निर्णयको आलोचना गरेका छन्। उनले यसलाई अदूरदर्शी र गल्तीपूर्ण कदम भनेका छन्।

उत्तर कोरियाले पनि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई ‘आक्रामक युद्धको पूर्वाभ्यास’ भन्दै क्षेत्रीय अस्थिरता बढाउने चेतावनी दिएको छ। उत्तर कोरियाले विगतमा यस्ता सैन्य अभ्यासलाई आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रम विस्तार गर्ने कारणका रूपमा प्रस्तुत गर्दै आएको छ।

किमसँग सम्बन्ध सुधार्ने संकेत

सन् २०१९ मा ट्रम्प र किम जोङ–उनबीचको आणविक कूटनीति असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमता विस्तारलाई तीव्रता दिएको छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गरेका थिए र दोस्रो कार्यकालमा पनि उनीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त गर्दै आएका छन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई महँगो र उत्तेजक भन्दै आलोचना गरेका थिए। सन् २०१८ मा किमसँग सिंगापुरमा भेट गरेपछि उनले यस्ता अभ्यास रोक्दा ठूलो रकम बचत हुने बताएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वपीडितको रिटमा सर्वोच्चको अग्राधिकार, लिखित जवाफ आएको सात दिनभित्र अन्तिम सुनुवाइ

बालेनलाई गगनको चेतावनी : ‘कानुनलाई टुल बनाएर शासन गरे आफैं खनिएको खाल्डोमा पर्नुहुन्छ’

सम्बन्धित

आयभन्दा बढी सम्पत्तिको आरोपमा राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत

पाकिस्तानमा १३ लाख फलोअर्स भएकी टिकटक स्टारको गोली हानी हत्या

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

ट्रम्पको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै इजरायलको आलोचना

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu