ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीका मुख्यमन्त्री शाहीले भदौ ३ गते विश्वासको मत लिँदै


ABC NEWS
१ भदौ २०८३, सोमबार   ९ : ४५   बजे

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगामी भदौ ३ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रस्तावसम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्। प्रदेशसभा नियमावली, २०८१ को नियम १५१ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार मुख्यमन्त्री शाहीले भदौ ३ गते विश्वासको मत लिने गरी पत्र दर्ता गराएका छन्। अब सभामुखले प्रदेशसभा बैठकको समय र कार्यसूची निर्धारण गर्नेछन्।

नियमावलीअनुसार निर्धारित दिन मुख्यमन्त्रीले सभामुखको अनुमति लिएर वक्तव्यसहित विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रस्तावमाथि छलफल र मतदान हुनेछ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरिरहँदा सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डाको विषय भने अझै टुंगिएको छैन। मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारसमेत प्रभावित भएको छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४–१४, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एक स्वतन्त्र सांसद छन्।

नेकपा र एमालेबीचको सत्ता समीकरणअनुसार सत्तापक्षमा २४ सांसद छन्। मुख्यमन्त्री शाहीलाई विश्वासको मतका लागि भने प्रदेशसभाको बहुमत अर्थात् २१ सांसदको समर्थन आवश्यक पर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौंमा आज पनि वर्षाको सम्भावना

सम्बन्धित

कर्णालीमा सत्ता गठबन्धनमा खटपट : विश्वासको मतअघि नै एमाले–नेकपा आमनेसामने

कर्णालीमा एमाले–नेकपा मन्त्रालय भागबन्डा विवाद, मन्त्रिपरिषद् विस्तार अनिश्चित

भेरीमा खसेको जिपसहित दुई जना अझै बेपत्ता, खोजी पुनः सुरु

कर्णाली प्रदेशसभा बैठक स्थगित, भदौ २ गते बस्ने

कर्णाली करिडोर : विकासको बाटो कि यात्रुको सास्ती र जोखिम?

कर्णालीमा पर्यटन व्यवसायप्रति बढ्दो आकर्षण, ट्राभल एजेन्सी र रिभर गाइड थपिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu