काठमाडौं । काठमाडौँ उपत्यकामा आज मंगलबार पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकामा भने दिउँसो र साँझतिर वर्षा हुने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताएकी छन्। उनका अनुसार दिउँसो १–२ बजेपछि उपत्यकामा बादल बढ्दै जाने र त्यसपछि वर्षा हुन सक्नेछ। त्यसअघि भने उपत्यकाको मौसम घाम लाग्ने र बादल लाग्ने क्रम चल्ने बताइएको छ।
मौसमविद्का अनुसार मनसुनी गतिविधिका कारण उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना कायम रहेको हो। काठमाडौँ उपत्यकासहित तराईका केही जिल्लामा तापक्रमसमेत बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्