ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र गण्डकी मुख्यमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : २५   बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच सोमबार प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ। भेटमा गण्डकी प्रदेशको समग्र विकास, पूर्वाधार तथा संघ–प्रदेश समन्वयका विषयमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

मुख्यमन्त्री पाण्डेले भारतसँग जोडिएको त्रिवेणी नाका तथा चीनसँग जोडिएका मुस्ताङको कोरोला र गोरखाको रुईला नाकामा पूर्वाधार विकास र सीमा व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ८ किलोमिटर खण्ड निर्माणका लागि सहजीकरण गरिदिन पनि उनले आग्रह गरे।

आर्थिक वर्ष २०८२/८३ मा संघबाट बजेट नपाउँदा संघीय सशर्त अनुदानअन्तर्गत सञ्चालित १९० खानेपानी आयोजना र सडकतर्फ हस्तान्तरण भएका चार आयोजना प्रभावित भएको विषयमा समेत छलफल भएको थियो। फेवाताल अतिक्रमित संरचना हटाउने तथा मुआब्जा वितरणका योजना अधुरो रहेको विषय पनि मुख्यमन्त्री पाण्डेले उठाएका थिए।

भेटमा गण्डकीका प्रस्तावित औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा प्राप्ति तथा मनाङ, मुस्ताङ र गोरखाको उत्तरी क्षेत्रमा जग्गा नापी तथा दर्ताको व्यवस्था मिलाउने विषयमा समेत छलफल भयो।

त्यस्तै, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रअन्तर्गतका वन क्षेत्र प्रदेश सरकार मातहत ल्याउने तथा संरक्षण क्षेत्रभित्रका नदीजन्य पदार्थ संकलन, व्यवस्थापन र उपयोगको अधिकार स्थानीय तहलाई दिने विषय पनि उठाइएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ संशोधन, गण्डकी प्रदेश घरेलु मदिरा ऐन, २०८२ कार्यान्वयन तथा नियमनसहित गाँजा खेतीको उपयोग र व्यवस्थापनका विषयमा पनि छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रदेश आमसञ्चार ऐन, २०८० अनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण र आमसञ्चार माध्यमको इजाजतपत्र नवीकरण प्रदेश सरकारबाटै हुनेगरी नीतिगत व्यवस्था मिलाउने विषयमा समेत छलफल भएको थियो।

मुख्यमन्त्री पाण्डेले उठाएका विषयमा प्रधानमन्त्री शाहले सकारात्मक प्रतिक्रिया जनाउँदै कानुन निर्माण आवश्यक पर्ने विषयमा कानुनी सहजीकरण तथा संघीय सरकारबाट नीतिगत निर्णय आवश्यक पर्ने विषयमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पको प्रतिक्रिया

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पको प्रतिक्रिया

काम समयमै नसक्ने तीन निर्माण कम्पनी कालोसूचीमा

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी, आवेदन खुला

Nepal Sees Gains in Women’s Political Representation, Faces Digital Literacy Gap

Nepal Government Seeks To Cut Middlemen From Vegetable Supply Chain

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu