ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी, आवेदन खुला


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ९ : ०५   बजे

पोखरा । पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको अध्ययन सुरु गर्ने भएको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो।

विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको छ। इच्छुक उम्मेदवारले २०८३ भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

पीएचडी प्रवेश परीक्षा २०८३ भदौ १२ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ।

प्रवेश परीक्षाको दिन नै व्यक्तिगत अन्तर्वार्ताको मिति घोषणा गरिने विश्वविद्यालयले जनाएको छ। पीएचडी अध्ययनका लागि आवेदन शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।

सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडी गर्न इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।

विश्वविद्यालयले इन्जिनियरिङ क्षेत्रमा अनुसन्धान तथा उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले पीएचडी कार्यक्रम सुरु गर्न लागेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

सम्बन्धित

शिक्षामन्त्री पोखरेलद्वारा काठमाडौंका चार सामुदायिक विद्यालयको निरीक्षण

शिक्षाका समस्या सुनेर दीगो नीतिगत समाधान खोज्छौँ : शिक्षामन्त्री पोखरेल

रचना रिमालको सांगीतिक यात्रा कक्षा ४ को पाठ्यक्रममा समेटियो

‘शिक्षा संवाद’मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति

विश्वविद्यालयबाट निस्कँदैमा उद्योगमा आवश्यक सबै सीपयुक्त जनशक्ति तयार हुँदैन : देवकोटा

शिक्षा क्षेत्रको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक : मन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu