ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षामन्त्री पोखरेलद्वारा काठमाडौंका चार सामुदायिक विद्यालयको निरीक्षण


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ९ : ४५   बजे

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौंस्थित चार सामुदायिक विद्यालयको अवलोकन गरेका छन्। सामुदायिक विद्यालयको शैक्षिक अवस्था, व्यवस्थापन तथा विद्यार्थीका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले शिक्षा मन्त्रालयले सुरु गरेको अभियानअन्तर्गत मन्त्री पोखरेलले विद्यालयहरूको अवलोकन गरेका हुन्।

मन्त्री पोखरेलले बाल विकास आधारभूत विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, आत्म विकास आधारभूत विद्यालय र श्री बुढानीलकण्ठ उच्च माध्यमिक विद्यालय पुगेर विद्यालय प्रशासन, शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए।

अवलोकनका क्रममा उनले विद्यालयको समग्र अवस्था, पठनपाठनको स्थिति, विद्यार्थीका समस्या तथा विद्यालय सुधारका लागि आवश्यक पहलका विषयमा जानकारी लिएका थिए।

मन्त्री पोखरेलले विद्यालयमा देखिएका समस्या तथा प्राप्त सुझावलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीमैत्री वातावरण निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए।

उनले विद्यालयको वास्तविक अवस्था स्थलगत रूपमा बुझेर आवश्यक सुधारका लागि प्रभावकारी पहल गर्न अवलोकन अभियान सुरु गरिएको जानकारी दिए।

देशभर अभियान विस्तार गरिने

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयको वास्तविक अवस्था पहिचान गर्न देशव्यापी रूपमा विद्यालय अवलोकन अभियानलाई निरन्तरता दिने जनाएको छ।

विद्यालयमा देखिएका समस्या समाधान, शैक्षिक गुणस्तर सुधार तथा आवश्यक क्षेत्रमा प्रभावकारी समन्वय र पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

सम्बन्धित

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी, आवेदन खुला

शिक्षाका समस्या सुनेर दीगो नीतिगत समाधान खोज्छौँ : शिक्षामन्त्री पोखरेल

रचना रिमालको सांगीतिक यात्रा कक्षा ४ को पाठ्यक्रममा समेटियो

‘शिक्षा संवाद’मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति

विश्वविद्यालयबाट निस्कँदैमा उद्योगमा आवश्यक सबै सीपयुक्त जनशक्ति तयार हुँदैन : देवकोटा

शिक्षा क्षेत्रको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक : मन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu