ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा ग्यास लिन घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने, अब विक्रेतामार्फत कुपन लिएर ग्यास पाइने


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ७ : ४५   बजे

दाङ । दाङमा खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने समस्या अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा सोमबार भएको सर्वपक्षीय छलफलले अब ग्यास वितरण विक्रेतामार्फत व्यवस्थित गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले उपभोक्तालाई आफूलाई पायक पर्ने नजिकको ग्यास विक्रेताकहाँ नाम दर्ता गरी कुपन लिन आग्रह गरेको छ। कुपनका आधारमा पालोअनुसार ग्यास उपलब्ध गराइनेछ।

लामो लाइनका कारण उपभोक्तालाई समस्या हुनुका साथै सुरक्षामा समेत जोखिम बढेकाले ग्यास वितरणको जिम्मेवारी सम्बन्धित विक्रेतालाई नै दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो। विक्रेताले ग्राहकको नाम, ठेगाना र फोन नम्बरलगायत विवरण अभिलेख राख्नुपर्नेछ।

घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले नयाँ व्यवस्थाले एउटै व्यक्तिले पटक–पटक ग्यास लिने, पहुँचका आधारमा वितरण हुने तथा वास्तविक उपभोक्ता वञ्चित हुने समस्या नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो।

अब ग्यास बिक्रीका लागि सार्वजनिक स्थानमा लाइन नलगाइने भएकाले उपभोक्तालाई कुनै पनि स्थानमा गएर घण्टौँ लाइन नबस्न प्रशासनले आग्रह गरेको छ।

नियमित अनुगमन गरिने

ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउन जिल्ला प्रशासनको अगुवाइमा स्थानीय तह, सुरक्षा निकाय, ग्यास विक्रेता, उद्योगी–व्यवसायी, सञ्चार क्षेत्र तथा नागरिक अभियानका प्रतिनिधिको सहभागितामा नियमित अनुगमन गरिने भएको छ।

स्थानीय तहले वास्तविक उपभोक्ताको पहिचानमा सहयोग गर्ने र ग्यास विक्रेताले उपलब्ध ग्यास पारदर्शी रूपमा वितरण गर्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि घोराही बनाऔँ अभियान र राष्ट्रिय जनमोर्चा दाङले ग्यास अभाव तथा वितरणमा देखिएको अव्यवस्था समाधान गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका थिए।

बैठकमा स्थानीय तहका प्रतिनिधि, ग्यास विक्रेता, नेपाल पत्रकार महासङ्घ, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, घोराही बनाऔँ अभियानलगायत सरोकारवाला पक्षका प्रतिनिधिको सहभागिता थियो। नयाँ वितरण प्रणालीबारे उपभोक्तालाई जानकारी गराउन सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णयसमेत गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

कालीमाटीमा प्याज, गोलभेँडा र भन्टाको भाउ बढ्यो, डल्ले च्याउ १ सय रुपैयाँ सस्तियो

सार्वजनिक संस्थानका कर्मचारीको तलब–भत्ता बढाउँदा अर्थ मन्त्रालयको यस्तो सर्त

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

बागलुङमा प्रतिबन्धकै समयमा कालीगण्डकी दोहन, रातारात बालुवा उत्खनन्

भारतमा पीएम–केयर्स फन्डको रकम विद्यालय विकासमा खर्च गर्न सीजेपीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu