ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसी नेतालाई ११ वर्ष जेल


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : २५   बजे

काठमाडौं । युक्रेन युद्धको विरोध गर्दै आएका रुसी विपक्षी नेता लेभ श्लोसबर्गलाई मस्कोस्थित एक अदालतले ११ वर्ष एक महिनाको जेल सजाय सुनाएको छ।

विपक्षी याब्लोको पार्टीका वरिष्ठ नेता श्लोसबर्गले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता युद्धको सार्वजनिक रूपमा विरोध गर्दै आएका थिए। उनको पछिल्लो दुई वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो।

रुसमा आगामी महिना संसदीय निर्वाचन हुन लागेको बेला विपक्षी नेता तथा दलमाथि भइरहेको कारबाहीबीच श्लोसबर्गलाई सजाय सुनाइएको हो। क्रेमलिनले युक्रेन युद्धको आलोचना गर्ने नेता, कार्यकर्ता तथा अभियन्तामाथि निरन्तर कानुनी कारबाही गर्दै आएको छ।

याब्लोको रुसको युद्धविरोधी धारणा खुलेर राख्ने आधिकारिक राजनीतिक दलमध्ये प्रमुख हो। पार्टीमाथि पनि निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।

रुसको सर्वोच्च अदालतले सोमबार याब्लोकोलाई निर्वाचन प्रक्रियाबाट प्रतिबन्ध लगाउने पुरानो फैसला कायम राखेको हो। पार्टीले उक्त फैसलाविरुद्ध गरेको अपिल सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

रुसमा सेप्टेम्बर १८ देखि २० सम्म संसदीय निर्वाचन हुँदैछ। निर्वाचनअघि याब्लोको पार्टीलाई चुनावी प्रक्रियाबाट बाहिर राखिनु र उसका वरिष्ठ नेतालाई लामो जेल सजाय सुनाइनुलाई विपक्षीमाथिको दबाबका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

सम्बन्धित

किशनगढको ‘सेतो मरुभूमि’ : सङ्गमरमरको फोहोर पर्यटकीय गन्तव्य बन्दै

अमेरिका–इरान वार्ता अहिलेसम्मकै बलियो चरणमा : जारेड कुसनर

अमेरिका–इरानको ६० दिने शान्ति सम्झौता सकियो, ट्रम्पको अडान भने नरम

लाल सागरमा साउदी सैन्य जहाजसहित पाँच जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

मोदीलाई केजरीवालको जवाफ : ‘हो, म दिमागी नक्सल हुँ, किनकि म देशभक्त हुँ’

ट्रम्पको ओमानमाथि बमबारीको धम्की, होर्मुज संकटमा कूटनीतिक प्रयास थप जटिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu