ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यासको अभाव हट्दै गएको उद्योग मन्त्रालयको दाबी, देशभर १ लाख २७ हजार सिलिन्डर डिलरमा


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १ : ३५   बजे

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको बिक्री वितरण सहज हुँदै गएको दाबी गरेको छ।

उद्योगले तोकेका डिलर तथा डिपोबाट ग्यास बिक्री वितरण सुरु भएपछि बजारमा देखिएको अभाव क्रमशः हट्दै गएको मन्त्रालयले जनाएको छ। नेपाल आयल निगमको विवरणअनुसार देशभर उल्लेख्य मात्रामा एलपी ग्यास बिक्री वितरण सुरु भइसकेको छ।

डिलर तथा डिपोबाट नियमित बिक्री सुरु भएसँगै काठमाडौँ उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको मन्त्रालयले जनाएको छ। उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा विभिन्न २१ वटा ग्यास उद्योगले डिलर तथा डिपोमा सिलिन्डर पठाएका छन्।

देशभरका ५८ वटा ग्यास उद्योगले कुल १ लाख २७ हजार ७३४ सिलिन्डर डिलरहरूमा पुर्‍याएको मन्त्रालयले जनाएको छ। ग्यासको नियमित आपूर्ति र बिक्री वितरण सुरु भएसँगै उपभोक्ताले भोग्दै आएको अभाव क्रमशः कम हुँदै जाने मन्त्रालयको अपेक्षा छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

आइएमई लाइफको नवौं वार्षिकोत्सव : रक्तदानदेखि नवजात शिशुको स्वास्थ्यसम्म सामाजिक उत्तरदायित्व विस्तार

तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

हुवावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा फ्रीबड्स एस २ निःशुल्क

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

रास्वपा सांसद न्यौपानेको प्रश्न : ‘लुटिएको सुनको मूल्य कहिले पाउँछन् पीडितले?’

एनसेल र बीवाईडीबीच साझेदारी, अब गाडीमै आईओटी सिम र इन्टरनेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu