ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाँजा खेतीका लागि तत्काल कानुन बनाउन एमाले सांसद राईको माग


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १ : ३५   बजे

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीका लागि तत्काल आवश्यक कानुन बनाउन सरकारसँग माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले गाँजा खेतीलाई यसअघि नै कानुनी मान्यता दिइएको भए नेपालको अर्थतन्त्र अहिले थप सुदृढ भइसक्ने धारणा राखे।

‘गाँजा खेतीको कानुन बनाऊँ । विधिसम्मत सञ्चालनको वातावरण बनाउनका निम्ति आग्रह गर्छु,’ उनले भने।

गाँजा खेतीसम्बन्धी कानुन निर्माण भए किसान तथा राज्य दुवैले आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो। गण्डकी प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी कानुन बनाउँदा त्यहाँका नागरिक उत्साहित भएको पनि उनले बताए।

राईले आफूले वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने विषय उठाउँदा सरकारले त्यसतर्फ पर्याप्त ध्यान नदिएको गुनासो गरे।

एक सांसदले गाँजाबाट निर्मित कपडा लगाएर संसद् बैठकमा आउने गरेको उदाहरण दिँदै उनले गाँजाको उपयोगका अन्य क्षेत्रलाई स्वीकार गर्ने तर खेतीलाई प्रतिबन्धित राख्नु उचित नभएको तर्क गरे।

‘कपडा लगाउन हुने, गाँजा खेती गर्न नहुने ?’ उनले प्रश्न गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

आइएमई लाइफको नवौं वार्षिकोत्सव : रक्तदानदेखि नवजात शिशुको स्वास्थ्यसम्म सामाजिक उत्तरदायित्व विस्तार

तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

हुवावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा फ्रीबड्स एस २ निःशुल्क

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

रास्वपा सांसद न्यौपानेको प्रश्न : ‘लुटिएको सुनको मूल्य कहिले पाउँछन् पीडितले?’

एनसेल र बीवाईडीबीच साझेदारी, अब गाडीमै आईओटी सिम र इन्टरनेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu