समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालभर भएका विभिन्न सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै दुर्घटना भएका हुन्।
दुर्घटनामा बागमती प्रदेशमा सबैभन्दा बढी तीनजनाको मृत्यु भएको छ। मकवानपुर र काभ्रेपलाञ्चोकमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाले ज्यान गुमाएका हुन्।
त्यसैगरी झापा, सप्तरी, बाँके र कैलालीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये मधेश प्रदेशमा ३१ जना रहेका छन्। कोशी प्रदेशमा २६, लुम्बिनीमा १७, काठमाडौँ उपत्यकामा १४, सुदूरपश्चिममा ११, कर्णालीमा ६ र बागमती प्रदेशमा ५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। विभिन्न स्थानमा भएका दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्