ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु : सभापति थापा


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको बताएका छन्।

सानेपामा विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने जानकारी दिए।

उनले पार्टी संविधान, विधान र अदालतको फैसलाबाट समेत निर्धारित समयसीमामा बाँधिएको भन्दै अब समयको सुविधा नरहेको बताए।

‘हामीसँग अब समयको सुविधा छैन। हामी संविधान र पार्टी विधानमा बाँधिएका छौँ। अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ,’ उनले भने।

डिजिटल सदस्यताले सहज हुने दाबी

सभापति थापाले यसपटक कांग्रेसको क्रियाशील सदस्यता डिजिटल भएकाले अघिल्ला महाधिवेशनको तुलनामा प्रक्रिया सहज हुने बताए।

उनले अधिवेशनका क्रममा कुनै प्रश्न नउठ्ने गरी निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।

‘आजबाट हाम्रो अधिवेशन प्रक्रिया औपचारिकरूपमा प्रारम्भ भयो। निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ, त्यही कार्यतालिका हामी सबैले फलो गर्ने हो,’ थापाले भने।

उनका अनुसार असोज १६ अघि पार्टीका विभिन्न तहका अधिवेशन कसरी र कहिले गर्ने भन्ने विषयमा निर्वाचन समितिले कार्यतालिका बनाएर काम गर्नेछ।

सदस्यता टुंगियो, निर्वाचन समितिलाई हस्तान्तरण

सभापति थापाले महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले क्रियाशील सदस्यताको काम टुंग्याएर निर्वाचन समितिलाई हस्तान्तरण गरिसकेको जानकारी दिए।

महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन आवश्यक समितिहरू गठन तथा व्यवस्थापनका विषयमा खुला छलफल गर्न आफू तयार रहेको उनले बताए।

संस्थापनइतर पक्षसँग संवाद जारी

सभापति थापाले पार्टीको संस्थापनइतर पक्षसँग आफूले निरन्तर संवाद गरिरहेको पनि बताए।

राजनीतिक विषयमा छलफल चलिरहे पनि अब महाधिवेशनको कार्यतालिका प्रभावित हुने गरी समय खर्च गर्न नहुने उनको भनाइ छ।

‘राजनीतिक कुरा छलफल भइरहन्छ, तर हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो,’ थापाले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

EU Ambassador Lorenzo Concludes Nepal Visit with Discussions on Cooperation

Nepal Launches Strategy to Protect Private Investment and Promote Economic Growth

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu