ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशसभा बैठक दोस्रोपटक स्थगित, बुधबार बस्ने


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : १५   बजे

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक दोस्रोपटक स्थगित भएको छ। साउन २५ गते बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै मंगलबार (भदौ २) का लागि सारिएको थियो। तर मंगलबार पनि बैठक बस्न नसकेपछि बुधबार (भदौ ३) दिउँसो ३ बजे बस्ने गरी नयाँ मिति तोकिएको छ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार मंगलबारका लागि निर्धारित बैठक बस्न नसक्ने भएपछि सभामुखले प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम (२) र (३) बमोजिम बैठकको मिति र समय परिवर्तन गरेकी हुन्।

सचिवालयले मंगलबार सूचना जारी गर्दै बैठकको मिति र समय परिवर्तन गरिएको जानकारी दिएको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिने

यसैबीच, मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। उनले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्।

सरकार विस्तार तथा मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूबीच असमझदारी देखिइरहेका बेला मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन्।

अब भदौ ३ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने सम्भावना रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

कर्णालीमा सत्ता गठबन्धनमा खटपट : विश्वासको मतअघि नै एमाले–नेकपा आमनेसामने

कर्णालीका मुख्यमन्त्री शाहीले भदौ ३ गते विश्वासको मत लिँदै

कर्णालीमा एमाले–नेकपा मन्त्रालय भागबन्डा विवाद, मन्त्रिपरिषद् विस्तार अनिश्चित

भेरीमा खसेको जिपसहित दुई जना अझै बेपत्ता, खोजी पुनः सुरु

कर्णाली प्रदेशसभा बैठक स्थगित, भदौ २ गते बस्ने

कर्णाली करिडोर : विकासको बाटो कि यात्रुको सास्ती र जोखिम?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu