ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया मंगलबार (भदौ २) देखि औपचारिक रूपमा सुरु भएको बताएका छन्।

सानेपामा विभिन्न जिल्लामा निर्वाचनका लागि खटाइएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन सुरु हुने दोहोर्‍याए।

थापाका अनुसार अब निर्वाचन समितिले तयार गर्ने कार्यतालिकाअनुसार अधिवेशनका विभिन्न चरण अघि बढाइनेछ। उनले अन्तिम मिति तलमाथि नहुने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई भनिएको जानकारी दिए।

असन्तुष्ट पक्षसँग संवाद जारी

सभापति थापाले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूसँग आफू निरन्तर संवादमा रहेको बताए। कांग्रेसमा अहिले मुख्यतः क्रियाशील सदस्यता र निर्वाचन समितिसम्बन्धी विषयमा असन्तुष्टि रहेको उनको भनाइ छ।

उनले महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले क्रियाशील सदस्यताको विषय टुंग्याइसकेको र सो सूची निर्वाचन समितिलाई हस्तान्तरण गरिने बताए। यही सूची महाधिवेशनको मतदाता सूचीका रूपमा प्रयोग हुने उनले स्पष्ट पारे।

सदस्यताको निष्पक्षतामाथि कसैलाई आशंका भए त्यसबारे छलफल गर्न आफू तयार रहेको पनि थापाले बताए। निर्वाचन समितिको कामकारबाहीबारे पनि कुनै प्रश्न वा आशंका भए खुला छलफल गर्न तयार रहेको उनको भनाइ छ।

डिजिटल सदस्यताले विवाद घटाउने दाबी

थापाले यसपटक कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा आधारित भएकाले आगामी अधिवेशनहरूमा सदस्यतासम्बन्धी विवाद कम हुने दाबी गरे।

उनका अनुसार विगतमा सदस्यता फाराम भर्ने तथा नवीकरण गर्ने प्रक्रियाबाट विवाद उत्पन्न हुने गरेको भए पनि अब डिजिटल प्रणालीका कारण प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

समयको दबाब

महाधिवेशनका लागि पर्याप्त समय नरहेको भन्दै थापाले निर्धारित समयभित्रै सबै प्रक्रिया सम्पन्न गर्नुपर्ने बताए। संविधान, पार्टी विधान, विशेष महाधिवेशनको निर्णय तथा अदालतको आदेशसमेतका कारण कांग्रेस निर्धारित समयसीमाबाट पछि हट्न नसक्ने उनको भनाइ थियो।

असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन सुरु गर्ने निर्णयलाई आधार बनाएर निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाइने उनले बताए।

विधान, निर्वाचन निर्देशिका तथा नियमका विषयमा अन्योल वा जटिलता नआओस् भन्ने उद्देश्यले निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थापाले स्पष्ट पारे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

EU Ambassador Lorenzo Concludes Nepal Visit with Discussions on Cooperation

Nepal Launches Strategy to Protect Private Investment and Promote Economic Growth

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu