काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन्।
रास्वपाका महामन्त्री विपीन आचार्यका अनुसार बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय तथा संगठनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ। बैठकको कार्यसूची तय गर्ने गृहकार्य भइरहेको महामन्त्री आचार्यले जानकारी दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्