काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन्।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भदौ ५ गते शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा स्थानीय निर्वाचनको तयारी तथा उम्मेदवार छनोटसम्बन्धी विषयमा छलफल हुने भएको छ।
बैठकको सम्भावित कार्यसूचीमा ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने विषय राखिएको छ। त्यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणबारे समेत छलफल हुने बताइएको छ।
महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकले पदाधिकारी, केन्द्रीय समिति सदस्य, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनबारे पनि निर्णय गर्नेछ।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयसमेत बैठकको कार्यसूचीमा राखिएको छ।
त्यसैगरी केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखासम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्