ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : २५   बजे

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा उल्लेख्य नाफा कमाएको छ। वैशाखदेखि असार मसान्तसम्म कम्पनीले चार अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको हो।

तेस्रो त्रैमाससम्म तीन अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा थप एक अर्ब पाँच करोड ४४ लाख ३४ हजार रुपैयाँ नाफा बढाएको छ।

कम्पनीका अनुसार फाइबर टु द होम (एफटीटीएच) र जीएसएम डाटाको प्रयोग बढेसँगै आम्दानीमा वृद्धि भएको हो। पछिल्लो समय भ्वाइस कलको तुलनामा डाटा प्रयोग बढ्दै गएको र सञ्चालन खर्चमा समेत कमी आएकाले नाफा बढाउन सहयोग पुगेको टेलिकमका प्रवक्ता कमल लामिछानेले बताए।

खर्च कटौतीले पनि बढायो नाफा

सरकारले नेपाल टेलिकमको सेवा र व्यवस्थापन सुधारलाई प्राथमिकता दिएपछि कम्पनीले खर्च कटौतीमा समेत जोड दिएको छ। सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा टेलिकम सुधारलाई समेटिएको थियो।

मन्त्रालयको निर्देशनअनुसार कम्पनीले विज्ञापन, प्रायोजनलगायतका खर्च कटौती गरी करिब १० देखि १५ करोड रुपैयाँ बचत गरेको जनाएको छ। सेवा सञ्चालन तथा मर्मतसम्भार खर्च घट्नुका साथै नियामक निकायलाई बुझाउनुपर्ने रकममा समेत कमी आएको कम्पनीको भनाइ छ।

वार्षिक नाफा ८ अर्ब ८६ करोड

टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म आठ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद नाफा एक अर्ब २२ करोड ४८ लाख चार हजार रुपैयाँ थियो। यस आधारमा चौथो त्रैमासको करअघिको नाफामा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा तीन अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढी हो।

त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (EBITDA) २० अर्ब ४८ करोड एक लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा एक अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढी हो।

कुल सञ्चालन आयमा पनि वृद्धि

नेपाल टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड चार लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ४९.२५ रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार ब्याजदर घट्दा ब्याज आम्दानीमा केही कमी आए पनि मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढेकाले समग्र वित्तीय प्रदर्शन सकारात्मक बनेको हो। विशेषगरी जीएसएम सेवाबाट हुने राजस्व अघिल्लो वर्षको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ।

डिजिटल सेवामा विस्तार

नेपाल टेलिकमले सेवा सुधारसँगै डिजिटल प्रणाली विस्तारलाई समेत प्राथमिकता दिएको छ। ग्राहकको डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्या अन्त्य गर्न ‘पे–एज–यू–गो’ प्रणाली लागू गरिएको कम्पनीले जनाएको छ। यससँगै ग्राहकले डाटा सकिएपछि शुल्क तिर्ने वा नयाँ प्याकेज खरिद गर्ने विकल्प पाएका छन्।

ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा सिमको स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू पनि अनलाइन माध्यमबाट उपलब्ध गराइएको छ।

ग्राहकलाई सहज सेवा प्रदान गर्न टेलिकमका कार्यालयमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गरिएको छ। साथै, ४जी सेवाको पहुँच र गुणस्तर सुधारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउनुका साथै आवश्यक नीतिगत पहल अघि बढाइएको कम्पनीले जनाएको छ।

डाटा प्रयोगमा वृद्धि, मुख्य सेवाबाट हुने आम्दानीमा सुधार र सञ्चालन खर्चमा आएको कमीले नेपाल टेलिकमको पछिल्लो वित्तीय प्रदर्शनलाई थप बलियो बनाएको देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल नियुक्त

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu