ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : ३५   बजे

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले साउन महिनामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न विभिन्न अभियान र गतिविधि सञ्चालन गरेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार साउनमा जिल्लामा २४ वटा मुद्दा दर्ता भएका छन्।

दर्ता भएका मुद्दामध्ये चारवटा जघन्य तथा गम्भीर अपराध, चारवटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी, एउटा आर्थिक अपराध र बाँकी १५ वटा अन्य प्रकृतिका अपराधसँग सम्बन्धित छन्। यी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको थियो। चोरीका दुई, अंशबन्डाका तीन, कुटपिटका दुई, चेक अनादरका एक, लुटपाटका दुई, सम्बन्धविच्छेदका दुई र लेनदेनका एक गरी १३ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये एक जनालाई अदालतको फैसलाअनुसार एक महिना कैद र २३ हजार ४२० रुपैयाँ ६ पैसा जरिवाना तोकिएको छ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी उजुरी

साउनमा जिल्ला प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६ वटा उजुरी परेका थिए। ती उजुरीमा ६ जना पीडित रहेको प्रहरीले जनाएको छ।

यस अवधिमा जिल्लामा १६ जना व्यक्ति हराएको विवरण प्राप्त भएकोमा आठ जनालाई फेला पारिएको छ। अझै आठ जना फेला पर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घरेलु हिंसासम्बन्धी ६ वटा उजुरी परेका थिए। तीमध्ये दुईवटा शारीरिक तथा चारवटा मानसिक र आर्थिक हिंसासँग सम्बन्धित थिए। प्राप्त उजुरीमध्ये तीनवटा मिलापत्रमार्फत समाधान गरिएको छ।

प्रहरीले प्रत्यक्ष निवेदनमार्फत प्राप्त भएका ३० वटै उजुरी फर्छ्यौट गरेको जनाएको छ।

लागूऔषध र आत्महत्या

लागूऔषध नियन्त्रणतर्फ प्रहरीले एक जनालाई पक्राउ गरी बुप्रेनोर्फिन, फेनरागन र डाइजेपामका एक–एक एम्पुल तथा प्रयोग गरिएको सिरिन्जबरामद गरेको जनाएको छ।

वालिङ–९ तल्लो वालिङका २७ वर्षीय राजिन गुरुङलाई शंकास्पद अवस्थामा जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

साउन महिनामा स्याङ्जामा झुन्डिएर चार जनाले आत्महत्या गरेको प्रहरीको विवरणमा उल्लेख छ।

मन्दिरको दानपेटिका चोरीदेखि मानव बेचबिखनसम्म

साउन १० गते वालिङ–१२ स्थित अकला देवी मन्दिरको दानपेटिका चोरी गरेको आरोपमा गल्याङ–६ का २८ वर्षीय गंगाधर पाण्डे र २१ वर्षीय राजेश सुनार पक्राउ परेका थिए।

अदालतले दुवै जनासँग जनही ५० हजार रुपैयाँ धरौटी माग गरे पनि धरौटी बुझाउन नसकेपछि उनीहरूलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

मानव बेचबिखनसम्बन्धी मुद्दामा फरार रहेका रुपन्देहीको देवदह–३ का ३९ वर्षीय घनश्याम चौधरीलाई साउन १० गते घरबाट पक्राउ गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, आँधीखोला–४ की २१ वर्षीया रोशन विकलाई ७६ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा साउन २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बजार अनुगमनदेखि सीसी क्यामेरासम्म

अपराध नियन्त्रण तथा बजार व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा प्रहरीले स्याङ्जा बजार, वालिङ, चापाकोट, गल्याङ र बिरुवा क्षेत्रमा बजार अनुगमन गरेको थियो।

एलपी ग्यासको अभाव देखिएको समयमा गरिएको अनुगमनमा कालोबजारी फेला नपरेको प्रहरीले जनाएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १६७ वटा वडा तथा टोल समिति गठन गरी सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ।

चापाकोट नगरपालिका–९ र १० मा छ वटा सीसी क्यामेरा र एउटा मोनिटर जडान गरिएको छ। ती क्यामेराबाट इलाका प्रहरी कार्यालय चापाकोटले निगरानी गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

चोरी भएका सामान बरामद गरी धनीलाई फिर्ता

प्रहरी गस्ती टोलीले पुतलीबजार–१ अभियानपथ र नागस्थानबाट चोरी भएका दुईवटा साइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

विरुवा–५ को जंगलमा बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक, केप, छर्रा र बारुदसमेत बरामद गरिएको छ।

विभिन्न समयमा हराएका पाँचवटा मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, बेवारिसे अवस्थामा भेटिएका एक वृद्ध र एक बालिकालाई आफन्तको जिम्मा लगाइएको छ। हराएका तीनवटा मनीपर्स तथा त्यसमा रहेको १९ हजार रुपैयाँसहितको झोला पनि फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ।

गाँजा फडानीदेखि अवैध मदिरा नियन्त्रणसम्म

प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएका १ हजार ७९० वटा गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ।

वालिङ र चापाकोट क्षेत्रमा बिक्रीका लागि राखिएको करिब १८० लिटर अवैध घरेलु मदिरासमेत नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

राजस्व तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत १ लाख ८० हजार ३०० रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ तीनवटा सवारी साधन नियन्त्रणमा लिएर ४३ हजार रुपैयाँ जरिवाना गरिएको छ।

सवारी दुर्घटनामा सात घटना

साउनमा स्याङ्जामा सातवटा सवारी दुर्घटना भएका छन्। तीमध्ये एउटा गम्भीर र छवटा सामान्य प्रकृतिका दुर्घटना रहेको प्रहरीले जनाएको छ।

सवारी चेकजाँचका क्रममा ७०९ जनालाई कारबाही गरिएको छ। सोही क्रममा ७ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीको विवरणमा उल्लेख छ।

साउन १५ गते लागूऔषध सेवन गरी पोखराबाट बुटवलतर्फ माइक्रोबस चलाएको आरोप लागेका चालक रमेश मगरको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

बाढीपहिरोमा एक जनाको मृत्यु

साउनमा जिल्लामा बाढी तथा पहिरोका ११ वटा घटना भएका थिए। ती घटनामा एक जनाको मृत्यु हुनुका साथै १० वटा चौपाया मरेका छन्।

प्रहरीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो। विभिन्न घटनामा गरी ११५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

अपराध नियन्त्रण तथा नागरिक सचेतना अभिवृद्धिका लागि जिल्ला प्रहरीले साउनमा विभिन्न १३३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रममा कुल २ हजार ८७२ जना सहभागी भएका थिए।

प्रहरीका अनुसार अपराध नियन्त्रणसँगै समुदायसँगको सहकार्य, लागूऔषध नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण, सडक सुरक्षा, विपद् व्यवस्थापन र सामाजिक सुरक्षासम्बन्धी विषयमा समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

समग्रमा साउन महिनाको गतिविधिले प्रहरीको नियमित अपराध अनुसन्धानसँगै फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, सडक सुरक्षा, विपद् उद्धार, समुदाय–प्रहरी साझेदारी र नागरिक सचेतनालाई समेत प्राथमिकतामा राखिएको देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल नियुक्त

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu