ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि, चौथो त्रैमासमा मात्रै ४ अर्ब २० करोड


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं, भदौ २ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्मको तीन महिनामा टेलिकमको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १ अर्ब २२ करोड ४८ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो।

तेस्रो त्रैमाससम्म ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै थप १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँ नाफा बढाएको हो।

कम्पनीका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय फाइबर टु द होम (एफटीटीएच) र जीएसएम डाटाको प्रयोग बढेसँगै आम्दानीमा वृद्धि भएको हो। भ्वाइस सेवाको तुलनामा डाटाको प्रयोग बढ्नु, सञ्चालन खर्च घट्नु तथा विज्ञापन र प्रायोजनमा खर्च कटौती हुनु नाफा बढ्नुका प्रमुख कारण रहेको उनले बताए।

टेलिकमले गत आर्थिक वर्षमा विज्ञापन तथा प्रायोजन खर्च कटौती गरेर मात्रै करिब १० देखि १५ करोड रुपैयाँ बचत गरेको जनाएको छ।

खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म नेपाल टेलिकमको खुद नाफा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो।

यस्तै, करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यस आधारमा करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको हो।

कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड

समीक्षा अवधिमा नेपाल टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.१२ प्रतिशत बढी हो।

कम्पनीको कुल आय पनि बढेर ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ।

कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (EBITDA) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो। यसमा १०.७३ प्रतिशत वृद्धि भएको हो।

प्रतिशेयर आम्दानी वार्षिकीकरणका आधारमा ४९.२५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

डाटा प्रयोग बढ्दा आम्दानीमा सुधार

टेलिकमका अनुसार ब्याजदर घटेका कारण ब्याज आम्दानीमा कमी आए पनि मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढ्दा सञ्चालन आय र नाफामा सकारात्मक प्रभाव परेको छ।

विशेषगरी जीएसएम सेवाबाट हुने आम्दानी अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा २.२८ प्रतिशतले बढेको छ।

पछिल्लो समय कम्पनीले सेवा सुधारमा पनि जोड दिएको छ। डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था हटाइएको, अनलाइन सेवाको विस्तार तथा ‘वान टाइम केवाईसी’ लागू गरिएको कम्पनीले जनाएको छ।

‘पे–एज–यू–गो’ प्रणाली लागू भएपछि ग्राहकले डाटा सकिएपछि शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्ने विकल्प पाउने व्यवस्था गरिएको छ। ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति र स्वामित्व हस्तान्तरणजस्ता सेवा पनि अनलाइनबाट उपलब्ध हुन थालेका छन्।

त्यस्तै, ४जी सेवाको गुणस्तर सुधारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराइएको तथा ग्राहकको सहजताका लागि टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गरिएको कम्पनीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Search and Rescue Intensified in Nepal’s Flood-Hit Rasuwa

Nepal Receives Bodies of Nine Flood Victims from India

Nepalese Leader Calls for National Consensus Post-Disaster

Venezuela Under Siege: Balancing Criticism with Solidarity

Extreme Heat Wave Sweeps Europe, Linked to Climate Change and Conflict

Uber Lays Off 3,300 Employees in Largest Cuts Since Pandemic

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu